एसओएस बालग्राम सुर्खेतमा हेल्थ डेस्क

सुर्खेत
कोरोना भाइरसको संक्रमण रोकथामका लागि एसओएस बालग्राम सुर्खेतले हेल्थ डेस्क संचालन गरेको छ ।  बालग्रामको आपतकालिन सहायता कार्यक्रमले शुक्रवार देखि हेस्थ डेस्क संचालनमा ल्याएको जनाएको छ ।
तीन वटा समुहले बालग्राममा आउने व्यक्तिलाई हात धुने, स्यानेटाइजर प्रयोग गर्ने, माक्स लगाउने, ज्वरो नाप्नेजस्ता सचेतना सम्वन्धी परामर्श दिने गरेका छन् । बालग्रामले प्रवेस गर्ने गेटमै हात हुनको लागि धारा बनाएको छ भने हेल्थ टाक्स समुहमा बालग्रामकै छोराछोरी र कर्मचारीहरु खटाएको छ ।


परिक्षा सकिएको हुनाले बालग्रामका छोराछोरीलाई घरभित्रै सुरक्षित राख्नको लागि रचनात्मक गतिविधीहरुमा संलग्न गराइएको आपतकालीन सहायता समुहका संयोजक निराजन शाहीले बताए ।


बालग्राममा बालबालिका र जेष्ठ आमाहरु पनि भएकोले उनीहरुलाई कोरोनाको जोखिमबाट जोगाउन रोकथामको लागि यस्तो कार्यक्रम ल्याएको निर्देशक मुकुन्दकुमार गिरीले बताए ।


यस्तै एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य जगदिश ढकालले पूर्व सावधानी र उच्च सर्तकताले मात्र कोरोना संक्रमण हुनबाट बच्ने भएकोले बालग्रामले जस्तै अरु संघसंस्थाले पनि गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मितिः ७ चैत्र २०७६, शुक्रबार १२:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *