५७ जना सुर्खेत क्वारेन्टाइनमा

कर्णाली प्रदेश सरकारले भारतबाट फर्किएका ५७ जना व्यक्तिलाई उद्दार गरी क्वारेन्टाइन राखेको छ । ५३ जना वयस्क र ४ जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।


भारतबाट आउँदै गर्दा नेपालगंजमा अलपत्र परेका उनीहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइन राखिएको सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाईने छ । उद्धार गरिएकाहरु सुर्खेत, कालिकोट, दैलेख, जाजरकोट जिल्लाबासी छन् ।

प्रकाशित मितिः १२ चैत्र २०७६, बुधबार ११:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *