कोरोना संक्रमित युवतीसँगै आएका युवा होम क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै आएका सुर्खेतका एक जना युवालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
चैत्र ४ गते कतारबाट आएका उनी गाउँमा खुला रुपमा हिडेको, गाउँलेलाई चक्लेट बाँडेको र मान्छे बितेको ठाउँमा पनि भेटघाट गर्न गएको गाउँलेले बताएका छन् ।
बराहाताल गाउँपालिका ५ रचा घर भएका उनी यदि कोरोना भाइसर संक्रमित भएको भए गाउँ नै कोरोना संक्रमित हुने भन्दै गाउँलेले चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंबाट नेपालगंज हुँदै घर आएका उनी अहिले होम क्वारेन्टाइनमा रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले बताए ।

प्रकाशित मितिः १२ चैत्र २०७६, बुधबार १४:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *