लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि स्वास्थ्यकर्मीलाई ३० वटा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) हस्तान्तरण गरिएको छ ।
स्वास्थ्यकर्मीले विरामी चेकजाँच गर्दा लागाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखालाई प्रदान गरिएको सचिव भरत देवकोटाले बताए । उक्त सामाग्री ३० हजार रुपैया रहेको छ ।
कार्यक्रममा प्रदेश अस्पतालका डा. नवराज केसी, भेरीगंगा स्वास्थ्य शाखाका प्रमुख राजेश बुढा, क्लवका क्लवका दितीय उपाध्यक्ष प्रेमकुमार बिसी, पूर्व अध्यक्ष छवि आचार्य लगायतको सहभागीता थियो ।