जाजरकोट बारेकोट गाउँपालिकाको नारायणदेवि युवा क्लवले कोरोना विरुद्ध जनचेतना मुलक अभियान थालेको छ । क्लवले वडा न २ र ३ मा विभिन्न खालेको जनचेतनकुलक कामहरु गरेको जनाएको छ ।
युवा समाजसेवी जीवन तिरुवाको नेतृत्वमा बारेकोटका बस्तीमा बस्तिहरुमा युवा क्लबले सावुन, माक्स, औषधी पनि वितरण गरेको बताएको छ ।स्वास्थ्य शाखा लिम्साको सहयोगमा औषधी वितरण गरिएको हो ।
क्लवका भाई बहिनीहरुले राम्रो काम गरेकोले उनीहरुलाई थप सहयोग गरेर अघि बढ्ने प्रेरणा दिनु पर्ने विद्यार्थी नेता धन बहादुर नेपालीले बताए ।