वीरेन्द्रनगर ४ नम्वर वडाले ५ सय परिवारलाई खाद्यान्न दियो

सुर्खेत
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ सुर्खेतले लक डाउनका दैनिकी चलाउन नसक्ने पाँच सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।  वडामा रहेका अतिविपन्न परिवार र मजदुरलाई खाद्यान्न दिएको वडाध्यक्ष निलकण्ठ खनालले बताए ।


नगरपालिकाको वडा नं. ४ को पाँच लाख र भैरम सामुदायिक वन तथा जनजागरण सामुदायिक वनको एक-एकलाख सहयोगमा खाद्यान्न खरिद गरी उनीहरुलाई शनिवार प्रदान गरिएका उनले बताए ।
खाद्यान्न वितरण गर्दै उप प्रमुख मोहनमाया ढकालले लक डाउनले काम गरी खाने अतिविपन्न र मजदुरहरुको दैनिकी कष्टकर भएकोले खाद्यान्न सहयोगबाट उनीहरुको जीवनयापनमा सहयोग पुग्ने दावी गरिन । उनले नगरपालिकाका करिव ८ हजार अतिविपन्नहरुलाई खाद्यान्नवितरण गरिने तयारी भइरहेको पनि जानकारी दिइन् ।


वडा नं. ४ का वडाअध्यक्ष खनालले टोल समितिमार्फत वडाभित्रका अतिविपन्न गरीव र मजदुर परिवार छनौट गरेर खाद्यान्न वितरण गरिएको उल्लेख गरे । चार जनासम्म परिवारलाई १५ केजी चामल र सिमी तथा सो भन्दा माथिको परिवारलाई ३० केजी चामल र एक केजी सिमी दिइएको छ ।
वितरण कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, भैरम सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्की, जनजागरण वनका अध्यक्ष प्रेमबहादुर सुनार, पिपलबोट सहकारीका अध्यक्ष टेकराज कोइराला, स्थानीय समाजसेवीहरु गोविन्दप्रसाद शर्मालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २२ चैत्र २०७६, शनिबार २०:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *