पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्वास्थ्य संस्थालाई ३५ सर्जिकल बेड दिएका छन् । व्यक्रिगत खर्चमा उनले स्थानीय तह मार्फत त्यहाँ रहेका स्वास्थ्य संस्थालाई सर्जिकल बेड दिएका हुन ।
कोरोना भाइरस संक्रमितको उपचारको लागि आइसोलेसन वार्ड स्थापना गर्न सातवटै स्थानीय तहका स्वास्थ्य संस्थालाई पाँच वटाका दरले बेड दिएको उनले बताए । उनले दिएका वेडहरु स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य संस्थामा बेडको अभाव भएको थाहाँ पाएपछि सहयोग गरेको शाहले बताए । स्थानीय तहका प्रमुखहरुले सर्जिकल बेड सहयोग गरेकोमा शाहलाई धन्यवाद दिएका छन् ।
उनले जाजरकोटका स्वास्थ्य संस्थालाई स्ट्रेचरलगायत अन्य स्वास्थ्य सामग्री समेत सहयोग गर्ने बताए ।