बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना विरुद्धकाे अभियानमा २५ लाख रुपैयाँ सहयाेग गरेको छ । कर्णाली प्रदेश सरकारवाट कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा सहकारी संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख विशाल केसी ले बताउनु भयो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, संस्थाका उपाध्यक्ष सिंह बहादुर गुरुङ्ग,सचिव पासाङ्ग महतरा र कार्यकारी प्रमुख विशाल के सीले रकम हस्तान्तरण गर्नु भएको हो ।
सहकारी संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएकोे छ ।