किसानको लागि वर्डफ्लु रोग सम्वन्धी सन्देश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लु रोगबारे जनहितमा जारी सन्देश ।
कर्णाली प्रदेशमा वर्डफ्लु रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
-अण्डा र मासुलाई राम्रो संग पकाएर मात्र सेवन गर्ने गरौं ।
– वर्डफ्लु सक्रमित ठाउँबाट मात्र जीवित पंछी पंछीजन्य पदार्थ र रोग सार्न सक्ने अन्य पंछी उत्पादन सामाग्री आयात नगरौं ।
– पन्छी तथा पन्छी जन्य पदार्थको वसार पसार गर्दा भेटेरीनरी स्वास्थ्य प्रमाण पत्र र श्रोत खोलिएको प्रमाण पत्र साथमा लिएर वसार पसार गर्ने गरौं।
– पंन्छी फार्म दर्ता गरेर मात्र व्यवसायमात्र संचालन गर्ने गरौं ।
– पंन्छी फार्महरुमा जैविक सुरक्षाका उपायहरु अपनाउने गरौं ।
-कुनै ठाउँमा अचानक धेरै पंछीहरु मरेमा नजिकको गाउँपालिका र नगरपालिकामा रहेका पशु सेवा शाखा तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सम्पर्क गरौ ।

पशु स्वास्थ्य कर्मी र पशुपंन्छी व्यवसायीहरुलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुरोध ।
 पशुपन्छी औषधी व्यवसायीहरुले औषधी व्यवस्था विभागमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र पशल संचालन गर्ने गरौं ।
 मूल्य नभएका तथा औषधी व्यवस्था विभागबाट मूल्य स्वीकृत नभएका पशुपंन्छी औषधी र खोपहरु विक्रि वितरण नगरौं ।
 जन स्वास्थ्यमा हानी पुर्र्याउने गुणस्तरहिन पशुपंन्छी औषधी र खोपको उत्पादन विक्रि वितरण निकासी पैठारी र भण्डारण तथा सेवन नगरौं नगराऔं ।
 पशु चिकित्सकले सिफारिस गरेका औषधी एंव खोपहरु मात्र प्रयोग गरौं ।
 पशुपंन्छी औषधी र खोपको अनुचित प्रयोग नगरौं नगराऔं ।
 पशुपन्छी औषधी खोप र किटनाशक विषादीहरुसगै भण्डारण नगरौं नगराऔं ।

प्रकाशित मितिः ९ असार २०७७, मंगलवार ०९:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *