सलह कीरा नियन्त्रण सम्बन्धि अत्यन्त जरुरी सूचना

सलह कीरा नियन्त्रण सम्बन्धि कृषक वर्गहरुमा कृषि विकास निर्देशनालय, सुर्खेतको अत्यन्त जरुरी सूचना ।
मरुभूमि सलह किरा अफ्रिकी महादेश, पाकिस्तान र भारत हुँदै र्भखर मात्र नेपालको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा समेत प्रवेश गरी सकेको अवस्था छ । यो ठुलो समुहमा हिँडने, अत्यन्तै हानिकारक फट्यांग्राको एक प्रजाति हो । औसतमा एउटा सानो सलहको झुण्डले (१ टन बराबरको) दिनमा बढिमा १० हात्ती वा २५०० मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्दछन् । यो सामान्यतया फट्यांग्रा जस्तै देखीन्छ । सलहको पहिलो अवस्थाको बच्चा कालो हुन्छ भने दोस्रो देखि पाँचौ अवस्थाको बच्चा कालो÷पँहेलो रगंका हुन्छन् । अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व बयस्क पँहेलो रगंको हुन्छ ।यो किरा करोडौंको संख्यामा हुन्छन र हरियो वनस्पनिलाई छोटो समयमा पात र डाँठ समेत खाएर सखाप पार्दछ ।
तर्सथ समयमै सचेत भई कीरा व्यबस्थापनका उपायहरु अपनाउनहुन अनुरोध छ ।
किरा व्यवस्थापन
भौतिक तरिकाहरु
-जालोको पासोमा संकलन गरी कुखुरा, माछा वंगुर आदीको दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ ।
– सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
– थाल वा अन्य आवाज आउने बस्त, माइक इत्यादी बाट चर्को आवाज निकाली भगाउने ।
– खेतको दुई छेउँबाट डोरी समाति बाली लाई हल्याएर किरा भगाउने ।
– धान तथा तरकारीकोनर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर बाली जोगाउने ।
– प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।
बिषादीद्वारा नियन्त्रण
यो किरा राति आराम गर्छ र विहान सूर्योदय पश्चात केही समय (१ देखि २ घण्टा) घाम तापेर बस्छ । विहानको यही बेलामा विषादी छर्कनु पर्दछ ।
यसका लागी निम्न बमोजमका बिषादीहरु मध्ये कुनै एक लाई उल्लेखित परिमाणमा छर्नु पर्दछ स्
– मालाथियन ५० प्रतिशत ई. सी. ३ मि.ली. को दरले १ लिटर पानीमा मिसाई छर्ने ।
– ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानीमा मिसाई छर्ने ।
– क्लोरपाइरिफोस २० प्रतिशत इ.सी. २८ मि.ली. को दरले १५ लिटर पानीमा मिसाई छर्ने ।
– डेल्टामेथ्रीन २.८ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानीमा मिसाई छर्ने ।
– डेल्टामेथ्रीन ११ प्रतिशत ई.सी. ३ मि.ली. को दरले १५ लिटर पानीमा मिसाई छर्ने ।

प्रकाशित मितिः २१ असार २०७७, आईतवार १३:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *