कुशे गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय थर्पु भार्मा, जाजरकोट
कर्णाली प्रदेश
ऐतिहासिक कला, संस्कृती र अमुल्य सम्पदाको संरक्षण गरौं । विकास निर्माण कार्यमा सक्रिय सहभागिता जनाई सभ्य नागरीकको अभिभारा पुरा गरौं । जन्म, मृत्यु, वसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता घटना वडा कार्यालयमा दर्ता गराउने गरौं । घटना घटेको ३५ दिन भित्र दर्ता गराउदा कुनै शुल्क लाग्ने छैन ।
पूर्वाधार विकास, विकासमा अर्थपूर्ण लागत सहभागिदा जनाई आफ्नो गाउँटोलको विकास गरौं । आफ्नो घरआँगन सफा रारौं । घोरेटो तथा सडक बाटोमा जथाभावि व्यापारीक प्रयोजनाका सामान नराखौं ।
नियमित रुपमा कर तिरी असन नागरीकको परिचय दिऔं । भुकम्पीय जोखिम न्यूनिकरणका लागि भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण गरौं । अनावश्यक तरिकाले प्लाष्टिक झोलाको माग तथा प्रयोग नगरौं । प्रयोजनमा नआउने प्लाष्टिक झोलालाई संकलन गरी उपयुक्त ढङ्घले विसर्जन गरौं । व्यवसाय सन्चालन गर्दा गाउँपालिकामा दर्ता गराएर मात्र संचालन गरौं । घरेलु हिंसा विरुद्ध डटेर लडौं । सभ्य समाज निर्माणमा हातेमालो गरौं । कुशेको अधुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैची, सुन्तला लगाएत कृषि उत्पादनमा जोड दिऔं । वन जंगल संरक्षण गरौं । वन अतिक्रमण गर्ने कार्य नगरौं । बन क्षेत्रमा पाईने बुदेल, कस्तुरी, घोरल, झारल, दुर्लभ रेडपाण्डा, चिरकालिज लगाएत लोपोन्मुख वन्यजन्तु तथा पंछि संरक्षण गरौं । उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत स्थानसम्म छिटो भन्दा छिटो सडक खन्ने लक्ष्य अनुरुप गाउपापिलका अघिबढेको छ । कुशे सुन्तोला तथा आलु उत्पादन, काईनाइट, टुर्मालिन पत्थर लगाएत खनिज र सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका मानिन्छ ।
१) संक्रामक रोग रेविजबाट बच्न र बचाउँन घरपालुवा कुकुरलाई सिक्री अथवा सांलोले बाधेर राख्ने र १ बर्षको अन्तमा रेविज विरुद्धको खोप लगाउने गरौं ।
२) बहुला कुकुर, स्याल, फ्याउरोले टोके पछि टोकेको घाउलाई जति सक्यो छिटो सावुन पानी अथवा सहन सक्ने तातोपानी र स्प्रीट, डिटोल जस्ता एन्टीसेटटीक औंषधीहरुले २०-२५ मिनेटको समयसम्म सफा गर्ने गरौं ।
३) घरमा आफुले पालेका गाई, भैसीहरुलाई चरचरे, भ्यागुते रोगबाट बचाउन बर्षको २ पटक ६ महिनाको फरकमा एच.एस÷बि.यू खोप लगाउने गरौं ।
४) भेडा बाख्राहरुलाई महाँमारी जन्य रोग पि.पि आरबाट बचाउन २ बर्षको फरकमा पि.पि आर खोप लगाउने गरौं ।
५) गाई, भैसी, भेडाबाख्रालाई स्वास्थ्य राख्न र उत्पादकत्व बढाउन आन्तरीक परजिविको औंषधी बर्षको २ पटक ६÷६ महिनामा अनिबार्य खुवाउने गरौं ।
अध्यक्ष
हरीचन्द्र बस्नेत
कुशे गाउँपालिका थर्पु भार्मा , जाजरकोट
प्रमुख प्रशासकीय अधिकृत
मानबहादुर गीरी
प्रमुख प्रशासकीय अधिकृत
कुशे गाउँपालिका थर्पु भार्मा, जाजरकोट