जानकारी तथा अनुरोध

एसियाली विकास वैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन २०२२ देखि २०२९ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत संचालन हुने पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कर्णाली प्रदेशस्तरमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषिविकास निर्देशनालयअन्तर्गत आयोजना कार्यान्वयन एकाइ स्थापना भइ कर्णाली प्रदेशका ९ जिल्लाका २० स्थानिय तहमा आव २०७९- ८० देखी कार्यान्वयनमा आएको छ।
आयोजनाका लक्षहरु 
क) बागवानी क्षेत्र व्यवस्थापन तथा नर्सरी क्षमताका लागी संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
ख) आयोजनामा संलग्न हुने कृषकहरुको फलफूल तथा काष्ठफल बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने ।
ग) पहाडी क्षेत्रका बागवानी जन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने  ।
आयोजनाबाट सञ्चालनहुने मुख्य कृयाकलापहरुः
स्किम १  क्रेडिटग्यारेन्टी फण्ड ।
स्किम २ कृषक, कृषक समूह तथा कृषि सहकारीहरुलाई आंशिक अनुदान ।
स्किम ३   कृषक सहकारीहरूलाई समपुरक अनुदान ।
स्किम ४  कृषि उद्यमीहरुलाई समपुरक अनुदान।
स्किम ५  स्थानीय तहहरुको सहलगानीमा मूल्य शृंखला पूर्वाधार विकासमा अनुदान।
स्किम ६  निजि नर्सरी सुदृढिकरणका लागी समपुरक अनुदान ।
आयोजना संचालनहुने पालिकाहरु 
१) रुकुमपश्चिम – वाँफीकोट, मुसीकोट र सानीभेरी,
२) सल्यान –  ढोरचौर र सारदा
३) जाजरकोट – छेडागाड र जुनीचादे
४) दैलेख – आठविस, नारायण र चामुण्डाविन्द्रासैनी
५) कालीकोट -शुभकालीका र नरहरीनाथ
६) जुम्ला -हिमा, सिजा र कनकासुन्दरी
७) मुगु – खत्याड र सोरु
८) हुम्ला -ताजाकोट र अदानचुली
९) डोल्पा – मुडकेचुला
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना
आयोजना कार्यान्वयन एकाइ, सुर्खेत
प्रकाशित मितिः २१ असार २०८०, बिहीबार २१:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *