२०७२ साल वैशाख १२ गतेको भूकम्प र तत्पश्चात परकम्पनहरुका कारण मुलुकले ठुलो जनधनको नोक्सानी र अकल्पनीय पीडा व्यहोर्नु परेको विदितै छ । भुकम्प रोक्न सकिन्न तर समयमै जोखिम न्यूनिकरण र पुर्वतयारीका उपाय अपनाएर सम्भावित क्षति कम गर्न भने सकिन्छ । भुकम्पीय जोखिम न्यूनिकरण तथा अन्य विपद् जोखिम कम गर्न,व्यवस्थित शहरीकरण, जोखिम संवेदनशील भु–उपयोग योजना तथा भुकम्पीय जोखिम परिदृश्यमा आधारित योजना निमार्णका लागि सफलतापूर्वक सञ्चालन गर्न र भविष्यमा यस नगरपालिकालाई भुकम्पीय दृष्टिले सुरक्षित बनाउन आवश्यक पर्ने सुचनाहरुको संकलन गर्ने कार्य भइरहेको छ । यस कार्यका लागि भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा यस वीरेन्द्रनगर नगरपालिकाले सर्वेक्षकहरु खटाएको छ । यसरी खटिई आउने सर्भेक्षकहरुलाई सही सुचना दिई सहयोग गरिदिनु हुन सबै नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौँ ।
कार्यकारी अधिकृत
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत ।