वन डढोलो नियन्त्रण गरौं, जैविकविविधता संरक्षणमा योगदान पु¥याऔं ।

सुख्खा सिजन अगावै वन क्षेत्रमा झाडी सफाई गरी प्रज्वलनशील वस्तुहरु वन क्षेत्र बाहिर ल्याई सदुपयोग गरौं । सुख्खा पातपतिंगर, झाडीहरु संकलन गरी वन डढेलोको जोखिम कम गरौं ।
 वन क्षेत्रमा चुरोट, विडी खाई जथाभावी नफालौं । सुख्खा सिजन भरी वन क्षेत्रमा सलाई, विडी, चुरोट र राँको बाल्ने कार्यमा रोक लगाऔं ।
 वनभोज गर्दा वावन क्षेत्रमा रातीबास वस्दा खाना पकाइसकेपछि आगो राम्ररी निभाऔं ।
 वन्यजन्तु चोरी शिकारी गर्नका लागि समेत वन डढेलो लगाउने हुनाले चोरी शिकारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुको गतिविधिमा नजर राखौं ।
 प्रत्येक सामुदायिक वन क्षेत्रलाई डढेलोबाट जोगाउन नागरिक समाज, युवा सम्मिलित अग्नि नियन्त्रण सञ्जाल गठन गरि प्रभावकारी रुपमा वन डढेलो नियन्त्रण गरौं ।
 वन डढेलोको कारण उत्पन्नहुन सक्ने प्रतिकुलताका बारेमा आफू पनि बुझौं र अरुलाई पनि बुझाऔं ।
 वन डढेलो लगाउनु ऐन बमोजिम दण्डनिय अपराधहो, साथै यस अपराधबाट लाखौं वन्यजन्तु डढेर खरानीहुने भएकोले धार्मिक रुपमा समेत पाप लाग्ने कुरा मनन् गरी धार्मीक र कानुनी हिसाबले समेत दण्डनीय रहेको वन डढेलो लगाउने निकृष्ट कार्य कोही कसैले नगरौं ।
 वन डढेलो नियन्त्रणमा युवा समुह, कल्ब र अन्य संघसंस्था सँग समन्वय बढाई सहयोग जुटाऔं ।
 कहीकतै वन डढेलो लागेको थाहा पाउने बित्तिकै आफू पनि नियन्त्रणमा लागौं र छिमेकी समुहसँग समेत सहयोग मागौं । तत्काल जिल्ला वन कार्यालय, नजिकको प्रहरी, नेपाली सेनाको कार्यालयमा खबर गरी सचेत नागरीकको कर्तव्य पालन गरौं ।
प्रकृतिप्रदत वन हामी सबैको साझा धन हो । त्यसैले सवै मिलीवन डढेलो नियन्त्रण गरौं । वन, वन्यजन्तु, वनस्पतीलगायतका जैविक विविधताको संरक्षणका लागि वन डढेलो नियन्त्रण गरी अस्तित्वका लागि स्वस्थ पर्यावरण निर्माणमा योगदान गरौं ।
                                                                                                                            डिभिजन वन कार्यालय, सुर्खेत

प्रकाशित मितिः ७ चैत्र २०७५, बिहीबार २१:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *