स्वस्थ जीवनका लागि सुरक्षित पिउने पानी पिऔं । पानीजन्य रोगहरुबाट बचौं र बचाऔं । वर्षातको समयमा पानीका श्रोत तथा मुहानहरु प्रदुषित हुन्छन् । प्रदुषित पानीको सेवनले झाडापखाला, हैजा, आउँ, जन्डिस, टाइफाइड जस्ता सरुवा रोगहरुको संक्रमण हुने गर्दछ, त्यसैले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ । हामीले पिउने पानीलाई उमालेर, फिल्टर गरेर, सोडिस गरेर वा क्लोरिन झोलको प्रयोग गरेर शुद्धिकरण गर्न सकिन्छ ।
आफुलाई सहज हुने विधि अनिवार्य अपानाई सुरक्षित पिउने पानी मात्र सेवन गर्ने बानीको विकास गरौं । साथै पानीजन्य रोगहरुवाट बच्न खाना खानु अघि, बच्चालाई खाना खुवाउनु अघि, खाना पकाउनु वा खुवाउनु अघि, दिशा धोई सकेपछि, बच्चाको दिसा धोई सकेपछि र फोहर छोएपछि अनिवार्य रुपमा सावुन पानीले मिचिमिची हात धुने बानी बसालौं । सधैं चर्पीमा मात्र दिसा पिसाव गरौं र गराऔं ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट