स्वस्थ जीवनका लागि सुरक्षित पिउने पानी पिऔं ।
पानीजन्य रोगहरुबाट बचौं र बचाऔं ।।
बर्षातको समयमा पानीका श्रोत तथा मुहानहरु प्रदुषित हुन्छन् । प्रदुषित पानीको सेवनले झाडापखाला, हैजा, आउ, जन्डिस, टाइफाइड जस्ता सरुवा रोगहरुको संक्रमण हुने गर्दछ, त्यसैले पानी शुद्धीकरण गरेर मात्र पिउनु पर्दछ ।
हामीले पिउने पानीलाई उमालेर, फिल्टर गरेर, सोडिस गरेर वा क्लोरिन झोलको प्रयोग गरेर शुद्धीकरण गर्न सकिन्छ, आफूलाई सहज हुने विधी अनिवार्य अपनाई सुरक्षित पिउने पानी मात्र सेवन गर्ने बानी बसालौं । साथै पानीजन्य रोगहरुबाट बच्न खाना खानु अघि, बच्चालाई खाना खुवाउनु अघि, खाना पकाउनु वा खुवाउनु अघि, दिसा धोई सकेपछि, बच्चाको दिसा धोई सकेपछि र फोहोर छोएपछि अनिवार्य रुपमा साबुन पानीले मिचिमिचि हात धुने बानी बसालौं । संधै चर्पीमा मात्र दिशा पिशाव गरौं र गराऔं ।
अनुरोधक
स्वास्थ्य कार्यालय, जाजरकोट