
सुर्खेत १५, असार ।
व्यवसायिक धान खेतीको आधार सामुदायिक नर्सरीमा विस्तार भन्ने मुल नाराका साथ बुधवार असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइएको छ ।
धान दिवसको अवसरमा सुर्खेतमा विभिन्न कार्यक्रमको आयाजना गरिएको छ । असार १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा लिइन्छ ।
रोपाहारले रोपाई सकिएपछि दही चिउरा खाने भएकाले यो दही च्यूरा खाने पर्व पनि हो ।
राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले वीरेन्द्रनगर – ४ खोर्केमा धान रोपाई कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय किसान डिल्ली लम्सालको खेतमा धान रोपाई कार्यक्रमको आयोजना गरिएको छ ।
धान रोपाईको उद्घाटन गदै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा अखिल नेपाल किसान महासंघका केन्दीय उपाध्यक्ष यामलाल कँडेलले कृषि क्षेत्रलाई राज्यले धेरै महत्व दिएकोले अव यसलाई आधुनिकीकरण गर्नुपर्ने वताए ।
पूर्वमन्त्री कँडेलले कृषिको आधुनिकीकरण गदै किसानलाई व्यवसायी वनाउन सके कृषि क्षेत्रले धेरै रोजगारी सृजना गर्नेमा समेत जोड दिएका छ ।
रोपाई कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख विजय गिरीले सुर्खेतमा असार १५ गतेसम्म करिव २० प्रतिशत रोपाई भएको जानकारी दिए ।
सिचाई सुविधा भएका ठाउँहरुमा धान रोपि सकिएको उनले वताउ ।
सुर्खेतमा ३२ प्रतिशत खेतमा मात्र सिचाई सुविधा पुगेकोले वाकी ६८ प्रतिशत धानखेती आकाशे पानीको भरमा हुदै आएको छ ।
साउनको पहिलो सातासम्म धान रोपियो भने उत्पादन नघटने त्यसभन्दा पछि रोपे धानको उत्पादन घटन कृषि कार्यालयले वताएको छ ।
सुर्खेतमा यसपाली सुक्खा र डुवान सहन सक्ने धानको वीउ किसानहरुलाई वितरण गरिएको कार्यालयले वताएको छ ।
सुक्खा १ देखि ५ सम्म र चहेरान सव वानको धानको वीउ किसानलाई वितरण गरिएको छ ।
यि धानका जातहरु अरु भन्दा छिटो पाक्ने वताएको छ ।
जलवायु परिवर्तन अनुसार धानको वीउ किसानलाई वितरण गरिएको छ ।
गतवर्ष राम्रो उत्पादन भएकोले यसपाली सवै गाविसमा सुक्खा र डुवान सहनसक्ने धानको वीउ वितरण गरिएको छ ।
पहाडी गाविसहरुमा खुलम ४ र ११ जातका धानको वीउृ किसानलाई दिइएको छ ।
सवै गरी यो वर्ष १० मेट्रिक टन धानको वीउ किसानलाई तिवरण गरिएको कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ ।