नगरपालिकामा सेवाग्राहीलाई सास्ती, कर्मचारीलाई मस्ती

DSC_0003
महशुल वुझाउ गएका सेवाग्राही सिमेन्टको वोरामाथी वसेर पालो कुर्दै । तस्वीर सुरेश पन्त

सुर्खेत २१, असार ।
यो तस्वीरमा देखिएका व्यक्तिहरु सिमेन्टको गोदाममा सिमेन्टको वोरा वोक्न नभई सुर्खेतको वीरेन्द्रनगर पालिकामा सरकारी सेवा लिन आएका सेवाग्राही हुन ।
राजश्व कार्यालयमा महशुल वुझाउन गएका उनीहरु वस्ने ठाउँ नहुदा सिमेन्टको वोरामाथी वसेर आफनो पालो पर्खेर वसेका छन ।
सरकारी कामको लागि वीरेन्द्रनगर नगरपालिकामा जाने सवै सर्वसाधारण यस्तै सास्ती भोग्न वाध्य भएका छन ।
कर, जग्गाको तिरो लगायतको राजश्व वुझाउन जाने सर्वसाधारणलाई वस्ने ठाउँ नहुदा उनीहरु निकै सास्ती भोग्न वाध्य भएका हुन ।
राजश्व बुझाउने, नक्सा पास गर्ने, योजनाको भुक्तानी लिने फाटमा पालो कुरेर वस्ने ठाउँ नहुदा कि त उभिनु पर्ने कि त भुइमै वस्नु अवस्था रहेको सेगाग्राहीको गुनासो छ ।
काम लिएर नगरपालिका जादा वस्ने ठाउँको अभावमा उभिदा उभिदा ढाड, खुटटा दुख्ने, मच्छरले टोक्ने जस्ता समस्याले सताउने गरेको वताएको छ ।
जनताले तिरेको करवाट चल्दै आएको नगरपालिकाले सेवाग्राहीलाई बस्ने ठाउँको समेत व्यवस्था नगर्नु लाजमर्दो र दुखको कुरा भएको उनीहरुको भनाई छ ।
नगरपालिकाको विभिन्न फाँटमा २÷३ जना भन्दा बढी सेवाग्राही वस्न मिल्ने ठाउँ छैन ।
राजश्व वुझाउने फाँटमा वाहिरवाट लाइन लाग्नु पर्ने भएकोले भुइमा, गिठ्ठी वालुवा र सिमेन्टका वोरामाथी वसेर सेवा लिनु पर्ने अवस्था रहेको छ ।
सेवा लिन आउने सर्वसाधारणको लागि सवै फाँटमा पालो कुर्ने वेलासम्म वस्नको लागि तत्काल उचित व्यवस्था गर्न सेवाग्राहीले वीरेन्द्रनगर नगरपालिकासगँ माग गरेका छन ।
यता वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत वालाराम शर्माले भने नगरपालिकाको अर्को भवन निर्माण भैइरहेकोले सिमेन्ट, वालुवा लगायतका निर्माण सामाग्री राखेकोले सेवाग्राहीलाई अप्ठ्यारो भएको बताएका छन ।
उनले सेवाग्राहीहरु वस्ने ठाउँसम्मै राखिएको निर्माण सामाग्री तत्कालै हटाउने समेत उल्लेख गरेका छन
आर्थिक वर्ष सकिन लागेकोले सेवाग्राहीको चाप वढेको उल्लेख गदै शर्माले सवै फाँटमा धेरै सेवाग्राही वस्ने सक्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएका छन ।

प्रकाशित मितिः २१ असार २०७३, मंगलवार ११:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *