सुर्खेतमा आफुखुशी डिप बोरिङ, नियमक निकाय मौन

20160705_184852सुर्खेत, २२ असार ।
सुर्खेत उपत्यका भित्र अनुसन्धान र परामर्श विना नै डिप बोरिङबाट पानी तान्नेहरु अव पछुताउनु पर्ने अवस्था सृजना भएको छ ।
सरकारी स्तरवाट २०५४ सालमा सिंचाई कार्यालयले र २०७१ मा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले गरेको छुट्टाछुट्टै बोरिङ परीक्षण अनुसन्धानमा उपत्यकाको सतहभित्र पर्याप्त मात्रामा पानी नभएको निष्कर्ष निकालेको थियो ।
परीक्षणमा सुरुको १८ देखि २० मिटरसम्म माटो भएको र त्यसपछि कडा चट्टान भेटिएकोले पर्याप्त पानी नभएको क्षेत्रीय अनुगमन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसेनले बताए ।
सिचाई कार्यालयकाले एरपोट नजिक र अनुगमन कार्यालय २ वर्ष अघि लाटिकोइलीको कुन्टीमा गरेको अध्ययनवाट प्रयाप्त पानी नभएको पत्ता लगाएको उनले जनाए ।
कुन्टीमा ११८ मिटर तल खन्दापनि पानी नभेटिएकोले उपत्यकाको जमीनको सतहभित्र पर्याप्त मात्रामा पानी नभएको पुष्टि भएको उनले बताए ।
डिप बोरिङ गर्दा प्रति सेकेण्ड ७ लिटर पानी आएमा त्यो पानी निरन्तर आइरहने उनले वताए । तर त्यो भन्दा कम पानी आए २÷३ बर्षभित्र पानी सुकेर लगानी खेर जाने उनले जनाए ।
अहिले उपत्यकाभित्र खनिएका सवै डिप बोरिङबाट सुरुमा पानी आएपनि अवको दुई÷ चार बर्षपछि पाउनी आउदैन उनले भने ।
कार्यालयको सम्पर्कमा आएका व्यक्तिलाई लाई डिप बोरिङबाट पानी नतान्न सुझाव दिदै आएको उनले वताए ।
सुर्खेत उपत्यकाभित्र बस्ती बाक्लिदैं गएको, घरहरु थपिदै गएकोले विगतको तुलनामा अहिलेको पानीको सतह घटदै गएको छ ।
बस्तीले उपत्यका भरिए कुवाहरु मात्र होइन बोरिङ समेत सुकेर जाने कार्यालयले जनाएको छ ।
सुख्खा समयको आवश्यकताका पुरा गर्न बोरिङ खनिन्छ, त्यो समयमै बोरिङ सुक्ने भएकोले बोरिङ गर्नुको कुनै अर्थ हुदैन सिडिई हुसेनले भने ।
यसपालि कार्यालयले पानी परीक्षणका लागि भन्दै दुई ठाउँमा बोरिङ टेष्ट गरिरहेको छ । क्षेत्रीय प्रहरी कार्यालयमा गरिएको टेष्टमा प्रतिसेकेण्ड एक लिटर पनि पानी आएको छ ।
इत्राम स्कुलदेखि माथिको स्थानमा भने टेष्ट गर्ने क्रम जारी रहेको छ । दुई ठाउँको बोरिङ टेष्टका लागि २२ लाख बजेट आएको छ ।
एउटा बोरिङ खन्दा वरिपरिका सवै कुवाहरु सुक्ने प्राविधिकहरु बताउँछन् ।
पछिल्लो समय सुर्खेत उपत्यकामा आफूखुशी डिपा बोरिङबाट पानी तान्ने क्रम बढदै गएको छ । उपत्यकाको भित्री तहमा पर्याप्त मात्रामा पानी नभएको सरकारी अनुसन्धानवाट थाहा भएपनि आफूखुशी डिप बोरिङबाट पानी तान्ने क्रम रोकिएको छैन ।
डिप बोरिङ गर्दा वरीपरीका कुवाहरु सुक्न थालेपछि स्थानीयल डिप बोरिङ गर्न रोक्नु पर्ने माग गरेका छन
स्थानीय वासिन्दाको मागको आधारमा सवैपक्षिय वैठकले उपत्यकामा तत्कालको लागि डिप बोरिङवाट पानी तान्न रोक लगाएको छ ।
सर्वपक्षिय वैठले रोक लगाएपनि आफुखुशी डिप बोरिङवाट पानी तान्ने क्रम रोकिएको छैन । अहिलेसम्म उपत्यकाभित्र ४० वटा भन्दा बढी डिप बोरिङबाट पानी तानिएको छ ।
जिल्ला जलस्रोत समितिका समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले अर्को निर्णय नहुँदासम्मको लागि आफूखुशी बोरिङ खन्न रोक लगाएको बताए ।
उनले प्राविधिक दृष्टिले उपयुक्त हुने स्थानहरुको पहिचान गरेर अनुमति दिइने जानकारी दिए । समितिले छिटै बैठक बसालेर यस बारेमा दीर्घकालीन निर्णय लिइने जनाए ।

प्रकाशित मितिः २२ असार २०७३, बुधबार ०९:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *