दैलेख, सुर्खेत र जाजरकोटका कुन अदालतले कति मुद्धा फछ्र्योट गरे हेनुृहोस ?

20160715_133946-1सुर्खेत, ३१ असार ।
पुनरावेदन अदालत सुर्खेतका साथै जिल्ला अदालत दैलेख, सुर्खेत र जाजरकोटले बार्षिक लक्ष्य अनुसार नै प्रगति हासिल गरेको जनाएका छन् ।
आर्थिक बर्ष २०७२÷०७३ को मुद्दाको लगत, फछ्र्यौटलाई आधार मान्दा बार्षिक लक्ष्य अनुसार नै प्रगति हासिल गरेको जनाएका हुन ।
पुनरावेदन अदालतले बार्षिक ७५ प्रतिशत मुद्धा टुंगो लगाउने लक्ष्य राखेकोमा ८५ प्रतिशत मुद्धा टुंगो लगाएको वताएको छ ।
कूल ३३१ मुद्दामा २८९ मुद्धाको टुंगो लगाएर ८५ प्रतिशत लक्ष्य हासिल गरेको पुनरावेदन अदालत सुर्खेतका निमित्त रजिष्ट्रार डिल्लीराम अर्यालले बताउनु भयो ।
20160715_134011-1उहाँले जिल्ला अदालत सुर्खेतले कूल ९८४ मुद्दा मध्ये ६३८ फछ्र्यँैट गरी ६५ प्रतिशत उपलव्धी हासिल गरेको जानकारी दिनुभयो ।
यस्तै दैलेख र जाजरकोट जिल्ला अदालतले बार्षिक ७५÷७५ प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा ८० र ८९ प्रतिशत उपलव्धी गरेका छन् ।
दैलेखले २२६ मुद्दा मध्ये १८२ वटा र जाजरकोटले २१२ मध्ये १८९ वटा मुद्धाको टुंगो लगाएको निमित्त रजिष्ट्रार अर्यालले जानकारी दिनुभयो ।
पुनरावेदन अदालतमा १८ महिना नाघेको कुनैपनि मुद्दा नरहेको समेत उहाँले बताउनु भयो ।

प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ११:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *