बाबु छोरा अपाङ्ग, परिवारकाे विजोग

DSC02202
दह ८, मैनपाखाका अपाङ्ग बाबु परे कामी तथा छोरा गोर्खे । तस्विर बद्री पन्त

बद्री पन्त
जाजरकोट ६, साउन ।
पुरानो र जीर्ण घर । बाबु र छोरा अपाङ्ग । परिवारका सदस्यलाई दैनिक गुजाराको जोहो गर्न धौ धौ छ । छिमेकमा मागेर छाक टार्नेे बाहेक अन्य व्यवसाय छैन । घरमुली नै अपाङ्ग भएपछि दह —८, मैनपाखामा एक दलित परिवार यस्तो विचल्लीमा परेको हो ।
४५ बर्षीय बाबु परे कामी १३ बर्षदेखि र १९ बर्षीय छोरा गोर्खे ६ बर्षदेखि अपाङ्ग छन् । यी दुबैले उपचारको अभावमा एउटा÷एउटा खुट्टा गुमाएका हुन् ।
गरीव दलित परिवारका परे कामीको मजदुरी गर्ने क्रममा ढुंगा लाग्दा र गोर्खेको विद्यालयमा साथीसंग खेल्ने क्रममा खुट्टा भा“चिएको थियो ।
आर्थिक अभावमा भा“चिएका खुट्टाको समेत उपचार गर्न नसकेको परेले बताउनु भयो ।
गरीवको भाग्य अघि लागे पछि के लाग्दो रहेछ र । मेरो भा“चिएको ६ बर्ष पछि छोराको पनि भा“चियो । कस्तो विडम्बना । आर्थिक अभावले समयमा उपचार गर्न नपाउदा दुबैको खुट्टा सडेर खसेको उहाँले वताउनु भयो ।
बैशाखी बाहेक अन्य सहारा छैन । जग्गा जमिन कुनै छैन । अरुको खेतीबाली तथा मजदुरी गरेरै गुजारा चलाएका थियौं, त्यो पनि हरायो उहाँले भन्नुभयो ।
उनीहरुले छिमेकमा मागरै परिवारका ८ सदस्यको गुजारा चलाउदै आएका छन् । यतिबेला उहाँको परिवारसँग न खाने अन्न, न त जीउ ढाक्ने लत्ता कपडा नै । कति दिनसम्म मागेर जीवन निर्वाह गर्ने । कति दिन त भोक भोकै बस्नु परेको छ, उहाँले उल्लेख गर्नूभयो ।
बाबु परेलाई गाउ विकास समितिले सामाजिक सुरक्षा भत्ता अन्र्तगत ५ सय उपलब्ध गराए पनि छोरा गोर्खेले भने कहि कतैबाट सहयोग नपाएको सामाजिक परिचालक धनबहादुर बस्नेतले उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ६ श्रावण २०७३, बिहीबार ०५:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *