जाजरकोट सदरमुकाममा ३६ करोडको खानेपानी आयोजना, खलंगावासीलाई अव २४ सैं घण्टा पानी

jajarkot
जाजरकाेट सदरमुकाम खलंगा ।

बद्री पन्त
जाजरकोट, ७ साउन ।
जाजरकोटको सदरमुकाम खलंगाको खानेपानी समस्या समाधान गर्न करिव ३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ ।
आयोजना निर्माणपछि खलंगावासीलाई २४ सैं घण्टा खानेपानी उपलव्ध हुनेछ ।
जाजरकोट खलंगा खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम आगामी मंसिर÷पुष महिनावाट सुरु हुने भएको छ ।
आयोजनाको डिपीआर वनाउने काम अन्तिम चरणमा पुगेको भन्दै आउँदो भदौ महिनाभित्रै डिपिआर तयार हुने प्लस इन्जिनेरिङ्ग कन्सलटेन्सीले जनाएको छ ।
इन्जिनेरिङ्ग कन्सलटेन्सीका इन्जिनियर लक्ष्मण आचार्यले भदै महिनाभित्रै आयोजनाको फाइनल रिपोट पेश गर्ने वताउनु जानकारी दिनुभयो ।
अहिले १३ वटा साना मुहानलाई समेटेर पानी संकलन गर्ने गरी योजना वनाइएको भन्दै उहाँले उपभोक्तासगँ छलफलपछि केही इन्टकहरु घटाउन सकिने उल्लेख गर्नुभयो ।
१ लिटर प्रतिसेकेन्ड भन्दा कम पानी आउने मुहानवाट पानी ल्याउनु भन्दा भेरी नदिको पानी तानेर ल्याउदा सजिलो हुने आचार्यले दावी गर्नुभयो ।
बुदबुदे र पोखरा मुहानवाट ल्याएको पानीले मात्र खलंगाको माग पुरा गर्न नसक्ने भएकोले भेरीवाट पनि पानी तान्ने योजना वनाइएको अर्का इन्जिनियर त्रिरत्न शाक्यले वताउनु भयो ।
उहाँले खलंगावासीको माग पुरा गर्नको लागि १९ लिटर प्रतिसेकेन्ड पानी सुक्खा समयमा भेरी नदिवाट तान्ने उल्लेख गर्नुभयो ।
भेरी नदिवाट युरीमा पानी तानेर तिवरणको व्यवस्था मिलाउने गरी योजना वनाइएको उहाँको भनाई छ ।
पुरानो संरचना सवै परिवर्तन गर्नुपर्ने र भेरीवाट पानी तान्नु पर्ने भएकोले करिव ३६ करोड रुपैया लागत लाग्ने इन्जिनियर शाक्यले वताउनु भयो ।
खानेपानी आयोजना निर्माणको लागि सरकारले चालु आर्थिक वर्ष २०७३÷७४ को लागि १ करोड ५० लाख रुपैया विनियोजना गरेको छ ।
आयोजनाले साविकको खलंगा गाविसको वडा न १, २, ३ र ४ को साथै भेरी मालिका नगरपालिका वडा न ३ र ४ का बासिन्दालाई खानेपानीको सेवा पुग्ने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जाजरकोटले जनाएको छ ।
कार्यालयका सव डिभिजन प्रमुख महेशी महतोले ७० प्रतिशत नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत उपभोक्ताको लागानीवाट आयोजना निर्माण हुने वताउनु भयो ।
उहाँले उपभोक्ताको ३० प्रतिशत मध्येमा पनि २० प्रतिशत जनश्रमदान र १० प्रतिशत मात्र नगद व्यहोर्नु पर्ने जानकारी दिनुभयो ।
आगामी २० वर्षसम्म वढ्ने खलंगाको जनसंख्यालाई खानेपानी पुग्ने गरी डिजाइन गरिएको आयोजना २ वर्षभित्रै निर्माण हुने उहाँले उल्लेख गर्नुभयो ।
१० किलोमिटर टाढा रहेको बुदबुदे मुहनावाट र नपुगेको थप पानी पोखराको मुहानवाट प्रतिसेकेन्ड ३० लिटर रानागाउँदेखि माथी रहेको विपी बाटिकामा ४ लाख लिटर क्षमताको पानी प्रशोसन केन्द्र वनाएर खानेपानी वितरण गर्ने योजना गरेको छ ।
अहिले जाजरकोट सदरमुकाम खलंगामा १२ वटा साना खानेपानी आयोजना संचालनमा रहेका छन ।
अहिले संचालन भैइरहेका कुनैपनि आयोजना राम्रोसगँ नचलेको हुँदा खलंगावासीले वर्षेनी खानेपानीको समस्या भोग्दै आएका छन ।
नयाँ खानेपानी आयोजना निर्माण भएपछि अहिले देखिएको समस्या समाधान हुने सव डिभिजन प्रमुख महतोले दावी गर्नुभयो ।
खलंगाको जनसंख्या वर्षेनी वढदै गएको र खानेपानीका पुराना संरचना जिर्ण वन्दै गएकोले पानीको समस्या भएको हो ।
पुराना आयोजनाका पाइपहरु जिर्ण भएकोले मुहानवाट आएको करिव ५० प्रतिशत पानी वीचमै चुहिएर खेर जाने गरेको सव डिभिजन प्रमुख महेशी महतोले वताउनु भयो ।

बुदबुदे खानेपानी आयोजना
जाजरकोटी राजा हरिविक्रम शाहीकी छोरी बालकाुमारीको विवाह श्री ३ चन्द्रशमशेरसगँ भएको थियो ।
चन्द्र शमशेरले विवाह गरेपछि जाजरकोटको बारेमा धेरैकुरा बुझेछन । एकदिन श्रीमतीलाई सोधेछन माइतीलाई के दुःख छ ? सबै ठिकै छ, तर खानेपानीको दुःख छ । चौरजहारीबाट जादा भेरी नदी बर्षायाममा तर्न निकै कठिनाइ भइरहेको छ । श्रीमतीको कुराले श्री ३ चन्द्र शमसेर लाई सोच्न बाध्य भएछन ।
त्यसैले विक्रम सम्वत १९८५ मा रुकुमको चौरजहारी र जगतीपुर, मटेला जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण गरेका हुन ।
बृटिसहरुको सहयोगमा स्कटल्याण्डको इञ्जिनीयर द्धारा पुल बनेको हो ।
मटेला भेरीनदीको पुल अझै केही बिग्रीएको छैन ।
यस्तै श्रीमती को माग अनुसार चन्द्र शमसेरले जाजरकोटमा खानेपानीको ब्यवस्था समेत गरिदिए ।
जुन खानेपानी अहिले सम्म पनि जाजरकोटको सदरमुकाम खलंगाका जनताले खान पाइराखेका छन ।

प्रकाशित मितिः ७ श्रावण २०७३, शुक्रबार ०४:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *