सुर्खेत, १२ साउन ।
सुर्खेतमा गरिएको गाउँ पालिकाको संख्या निधारण र सिमाङ्गनप्रति स्थानीयले आपत्ति जनाएका छन ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले गरेको छलफल कार्यक्रमका सहभागीले अवैज्ञानिक र अव्यवहारिक ढंगले गाउँ पालिकाको संख्या निधारण र सिमाङ्गन गरेको गुनासो गरेका छन ।
जनता कुनै समुन्वय नगरी विना राय, सुझाव र सल्लाह नै आयोगले आफुखुसी गाउँ पालिकाको संख्या निर्धारण र सिमाङ्गन गरेकोले आफुहरुलाई मान्य नहुने उनीहरुले चेतावनी उनीहरुले दिएका छन ।
स्थानीय निकाय पुर्नसंरचनाको नाममा जनताका अधिकारलाई कटौती गर्न खोजेको आरोप लगाउदै उनीहरुले गाउँ पालिकाको संख्या निधारण र सिमाङ्गन हेरफेर गर्न सुुझाव दिएका छन ।
अहिले कायम गरिएको गाउँ पालिकाको वढाउनु पर्ने र सवैलाई सुविधा हुने गरी सिमाङ्गन निर्धारण गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन ।
कार्यक्रममा पूर्व जनप्रतिनिधीहरुले प्रस्तावित गाउँ पालिकाको संख्या ८ वटा वढाउनु पर्ने र जनतालाई सुविधा हुने किसिमले सिमा निर्धारण गर्नुपर्ने वताएका छन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव लालबहादुर नेपालीले अहिले प्रस्ताव गरिएको संख्या र सिमाङ्गनले जनतालाई अधिकार दिन नभई खोस्न खोजेको वताउनु भयो ।
उहाँले जनतासगँ कुनै समुन्वय नगरी आयोगले आफुखुसी गरेको संख्या र सिमाङ्गनलाई मान्न नसकिने भन्दै गाउँ पालिकाको संख्या ८ वाट वढाएर १६ पुरयाउन सुझाव दिनुभयो ।
नेकपा एमालेका सचिव मोहन वडुवालले प्रस्ताव गरिएको गाउँ पालिकाको संख्या र सिमाङ्गन अवैत्रज्ञानिक र अव्यवहारिक भएकोले सच्याउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदीले गाउँ पालिकाको संख्या र सिमाङ्गन निर्धारण गर्दा जनताको वृहत्तर हितलाई ध्यानमा राखेर गर्न सुझाव दिनुभयो ।
यस्तै कविन्द्रकुमार केसी, पदमदेव गिरी लगायतका नेताहरुले जनमुखी र लोकतान्त्रिक रुपमा गाउँ पालिकाको संख्या र सिमाङ्गन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले सुर्खेतका संयोजक तथा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जनताका सुझावहरुलाई जस्ताको तस्तै आयोगमा पठाउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायत सर्वसाधारणको सहभागीता रहको छ ।