छिन्चु – जाजरकोट सडकको भाडा घट्यो

IMG_4739
जाजरकोटको शान्ति चौतारामा रहेको वसपार्क ।

बद्री पन्त
जाजरकोट १३, साउन
छिन्चु जाजरकोट सल्लिबजार सडकले ८ बर्षपछि पुर्णता पाएको छ ।  यातायात व्यवस्था विभागले सडकलाई पुर्णता दिएपछि नयाँ भाडा दर पनि कायम भएको छ ।
यातायात व्यवस्था विभागले साउन ४ गते स्थायी रुट परिमिटसँगै नयाँ भाडादर तोकेर पठाएको छ । पर किलोमिटर २ रुपैयाँ ५० पैसा कायम भएको छ ।
जाजरकोट सदरमुकाम खलंगाबाट सल्लीबजारसम्म १ सय ८६ रुपैयाँ, खलंगाबाट नेपालगंजसम्म ४ सय ६४ र खलंगाबाट काठमाण्डौंसम्मका लागि १ हजार तीन सय ६६ रुपियाँ कायम भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
सदरमुकाम खलंगाबाट सल्लीबजारसम्म ६२ किलोमटिर, नेपालगंजसम्म १ सय ८८ र काठमाण्डौं ६ सय ८५ किलोमिटर दूरी रहेको छ ।
यस्तैगरी खलंगाबाट मटेलाका लागि २१ रुपियाँ, कुदुका लागि ३३ रुपियाँ, भुरचौरसम्म ६९ रुपियाँ, छेडाका लागि १ सय ५ रुपियाँ र गोजीबजारसम्म १ सय ५४ रुपियाँ भाडा कायम भएको छ ।
नयाँ भाडा दरलाइ कडाइका साथ लागु गर्न बाँके, सुर्खेत र सल्यान जिल्ला प्रशासनलाई विभागले परिपत्र गरिसकेको वताएको छ ।
कायम गरेको भाडाँदर कडाईका साथ लागु गर्न यातायात व्यवसायीलाई कडा निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
जाजरकोटमा भेरी गंगा यातायात, मध्यपश्चिम यातायात, काक्रे्रविहार लगाएत ९ वटा यातायात व्यवसायीले यातायात सन्चालन गरेका छन ।
जिल्लामा लामो समय देखि चर्को भाडाँदरको मारमा परेका जिल्लाबासी भाडाँदर घटेपछि राहत मिलेको उद्योग वाणिज्य संघका अध्यक्ष कमान बहादुर खड्काले बताउनु भयो ।

प्रकाशित मितिः १४ श्रावण २०७३, शुक्रबार १२:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *