सुर्खेत, १५ साउन ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७२÷७३ मा डेढ करोड मुल्य बरावरको अवैध जडिवुटी प्रक्राउ गरेको जनाएको छ ।
मध्यपश्चिमका विभिन्न जिल्लावाट १ करोड ४६ लाख ४३ हजार रुपैया वरावरको अवैध जडिवुटी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
सवैभन्दा बढी वाँकेवाट १ करोड २२ लाख रुपैया मूल्यको १३ हजार ५ सय ५० किलो भ्याउ प्रक्राउ गरेका डिआइजी माधव नेपालले वताउनु भयो ।
उहाँले कालिकोट,मुगु, रोल्पा रुकुम लगायतका जिल्लावाट सिलाजित, कटुको, यार्सागुम्वा, जटामसी, टिमुर, रिठा लगायतको अवधै जडिजुटी नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
राजश्व छल्दै अवैध रुपमा चोरी निकासी गर्न लागिएको अवस्थामा जडिवुटीसहित १३ जनालाई नियन्त्रणमा लिएको वताएको छ ।
यस्तै प्रहरीले एक वर्षको अवधिमा विभिन्न वन्यजन्तुको १४ थान छालासहित २१ जनालाई प्रक्राउ गरेको जानकारी दिएको छ ।
यो अवधिमा ३ पिस कस्तुरीको बिना पनि बरामद गरेको छ ।
सुर्खेत, दाड, कालिकोट, सल्यान,बर्दिया लगायतका विभिन्न जिल्लावाट वाध, चितुवा, हिमचितुवा, घोरलका छालासहिति उनीहरुलाई प्रक्राउ गरिएको हो ।
यस्तै जाजरकोट, सल्यान, रुकुम र सुर्खेतका बिभिन्न जिल्लामा ५५ विघामा लगाईएको लागु औषध अफिम खेती नष्ट गरिएको समेत क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।