हुम्लामा मकालु एरको जहाज दुर्घटना, कर्णाली नदिमा खसेको आशंका

सुर्खेत, २० साउन ।
हुम्लावाट सुर्खेतको लागि उडेको मकालु एरको विमान दुर्घटना भएको छ ।
हुम्ला विमानस्थलवाट ३ बजेर ४५ मिनेटमा सुर्खेतको लागि उडेको सिंगल इन्जिन भएको विमान उडेको १०÷१५ मिनेटमै दुर्घटनामा परेको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।
विमान हुम्ला जिल्लाको खार्कुनाथ गाविस ३ स्थीति कर्णाली नदिमा खसेको हुनसक्ने गरिएको उहाँले वताउनु भयो ।
विमान दुर्घटनामा परेको खवर प्राप्त हुनवित्तिकै खार्कुनाथ प्रहरी चौकीवाट असहीको कमाण्डमा उदारको लागि प्रहरी पठाइएको डिआइजी नेपालले वताउनु भयो ।
दुर्घटनामा परेको जहाजका टुक्राहरु कर्णाली नदिमा बगेको देखिएको पनि उहाँले जानकारी दिनुभयो ।
जहाजमा पाइलट र को पाइलट मात्रै रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
जहाजका पाइलट स्याङ्गे लामा भएपनि को पाइलटको नाम भने खुल्न नसकेको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको जहाजको खोजी भैइरहेको पनि उहाँले वताउनु भयो । जहाज दुर्घटनाको विस्तृत विवरण भने आउन वाकी रहेको छ ।

प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार १०:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *