हुम्लामा जहाज अाकस्मिक अवतरण, पाइलटले हाम फालेर ज्यान बचाए

1223366023_n
फाइल तस्वीर
04082016061400makalu-600x0
फाइल तस्वीर

सुर्खेत, २० साउन ।
हुम्लामा आकस्मिक अवतरण गरिएको मकालु एयरको विमानका चालक र सहचालक विमानवाट हाम फालेर वाँच्न सफल भएका छन ।
सिमिकोट विमानस्थलवाट उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएपछि जहाजलाई फर्काएर सिमिकोट विमानस्थलमा अवतरण गराउने प्रयास गरेपनि नसकेपछि चालकले हिम्लुङ्ग खोलामा आकस्मिक अवतरण गराएका थिए ।
आकस्मिक अवतरण गर्ने क्रममा चालक र सहचालक विमान अवतरण गर्नु अघि नै वालुवामा हाम फालेरले ज्यान जोगाएको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो ।
हाम फाल्दा एक जनाको घुँडामा सामान्य चोट लागेपनि अर्कोलाई भने केही नभएको उहाँले जानकारी दिनुभयो ।
पाइलट साङगे लामा र सहचालक प्रशान्त शाहलाई उपचारको लागि सिम्रिक एयरवाट नेपालगंज ल्याउन लागिएको पनि उहाँले वताउनु भयो ।
चालक र सहचालकले जहाज अवतरण गर्नु भन्दा अघि नै वालुवामा हाम फालेकोले मानविय क्षेति नभएको बताएको छ ।
जहाज भने खोलामा बजारिएको थियो ।
कार्गो छाडेर फर्किने क्रममा सिमिकोट विमनस्थलवाट उडेको १५ मिनेटमै मकालुृ एयरको ९ NAKC विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो
सिंगल इन्जिन भएको विमानमा प्राविधिक समस्या देखिन वित्तिकै विमानलाई आकस्मिक अवतरण गरिएको सुर्खेत विमानस्थलले जनाएको छ ।
दुर्घटनामा परेको जहाजका टुक्राहरु कर्णाली नदिमा बगेको देखिएको बताएको छ ।

प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार १२:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *