७ वटा स्थानीय तह वनाउनु पर्ने जाजरकोटवासीको सुझाव

IMG_5027बद्री पन्त
जाजरकोट, साउन २५
जाजरकोटमा स्थानीय तहको संख्या वढाउनु पर्ने स्थानीयले माग गरेका छन् ।
स्थानीय निकायको पुर्नसंरचनाका लागि गठित जिल्ला प्राविधिक सहयोग समितिले मंगलवार गरेको छलफलका सहभागीले प्रस्तावित गाउँ पालिकाको संख्या वढाउनु पर्ने माग गरेका हुन ।
स्थानीय विकास अधिकारी तथा स्थानीय निकाय पुर्नसंरचनाका लागि प्राविधिक समितिका संयोजक इन्द्र गौतमले प्रस्तुत गरेको नगर र गाउँ पालिकाको ६ संख्याको प्रस्तावमाथी आफनो धारणा राख्दै स्थानीयहरुले भुगोल र जनसंख्याको आधारमा ७ वटा तह वनाउनु पर्नेमा जोड दिएका छन ।
यसअघि प्रस्ताव गरिएको ५ वटा स्थानीय तह निर्धारण अव्यवहारिक भएको गुनासो उनीहरुले गरेका छन ।
2MG_5042कार्यक्रममा नेपाली काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ६ एमालेले ७ वटा गाउँपालिकाको प्रस्ताव गरेका छन ।
काँग्रेसका उपसभापति सर्पराज रावतले जनसंख्या र भुगोलका आधारण ६ स्थानीय तह ठीक भएको र अझै सवैको माग भएमा ७ स्थानीय तहलाइ पनि मान्न सकिने बताउनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गणेशप्रसाद सिंहले ६ स्थानीय पालिका प्रस्ताव गरेको र ७ स्थानीय तह पनि मान्न सकिने उल्लेख गर्नुभयो ।
एमाले अध्यक्ष करवीर शाहील ७ स्थानीय तह हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीयले भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरि खलंगा नगरपालिका राख्नु पर्ने सुझाव दिएका छन ।
छलफल तथा परामर्ष वैठकमा स्थानीयहरुले आफनो गाउँ र ठाउँको सेवासुविधा अनुकुल केन्द्र तोक्न पनि माग गरेका छन ।
वैठकमा नलसिंहगाड, खलंगा र छेडागाड गरि तीन वटा नगरपालिका बनाउन पनि सुझाव दिएका छन ।
स्थानीयहरुको सुझाव र दलीय सहमति अनुसार स्थानीय तहको सिमांकन तथा नामाकरण र संख्या निधारण वारे प्रतिवेदन आयोगमा पठाइने स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताउनु भयो ।

प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार १३:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *