सडक सञ्जालमा जोडियो डोल्पा, गाडी गुड्दा डोल्पाली हर्षित

IMG_9151
त्रिवेनीमा जीप सन्चालन हुदै ।

बद्री पन्त
डोल्पा २६, साउन
कर्णालीको विकट जिल्ला डोल्पा सडक संजालसँग जोडिएको छ ।
नेपाली सेनाले निर्माणधिन सडकको रुकुम खण्ड निर्माण गरेपछि डोल्पा सडक संजालमा जोडिएको हो ।
डोल्पाको सिमाना त्रिवेनीमा सडकको उद्घाटन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एक बर्ष भित्रमा सेनाले डोल्पा सदरमुकाम दुनैमा गाडि पुरयाउने बताउनु भयो ।
सेनाले दिनरात खटेर सडक निर्माणको काम गरिरहेको भन्दै दुनैमा एक बर्षभित्रमै यातायात पुग्ने क्षेत्रीले बताउनु भयो ।
१ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १०२ किलोमिटर ट्रयाक खोलिएको छ ।
जाजरकोट रुकुम खण्डको ७८ किलोमीटर सडकमा यातायात संचालनमा आएका छन । रुकुमको गोतामकोटको छरीबगर देखि डोल्पाको सिमाना त्रिवेनी २० किलोमिटर छ । जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको त्रिवेनीमा पहिलो पटक यातायात सेवा सन्चालन भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएको डोल्पाका बीर बहादुर शाहीले बताउनु भयो ।
नेपाली सेनाको ६ बर्ष लामो अथक प्रयास पछि त्रिवेनीमा यातायात सन्चालनमा आएको हो ।
राष्ट्रिय महत्वको यस आयोजना निर्माणको जिम्मा सरकारले २०६४ सालमा नेपाली सेनालाई दिएको थियो ।
तर सरकारले उत्तर –दक्षिण लोक मार्गको रुपमा परिणत हुने सडकलाई बजेट विनियोजनमा कम प्राथमिकता दिएकोे स्थानीयले बताएका छन् ।
यो मार्ग माथिल्लो डोल्पा हु“दै तिब्बतको नाका जोड्ने उत्तर – दक्षिण लोक मार्ग बन्ने बताइएको छ ।
जाजरकोट खण्डको ४६ किलामीटर, रुकुम खण्डको ३१ किलामीटर तथा डोल्पा खण्डको ४१ किलामीटरमा २५ किलोमिटर ट्रयाक खुलेको छ, भने १६ किलोमीटर ट्रयाक खोल्न बा“की रहेको छ ।
डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिण्डे, ओडारे, करवगार लगाएत २२ भीरको कडा चट्टान काट्न बा“की रहेको जाजरकोट डोलपा सडक निर्माण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पहाडीले बताउनु भएको छ ।
सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगाएत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीब्रता दिएको उहाँले वताउनु भयो ।
चट्टान बाहेकका स्थानमा कच्ची कटान पुरा भैसकेको छ । सेनाले ८ बर्ष अघि सल्लीबजार देवस्थल –चौरजहारी, छिन्चु जाजरकोट सडकको निर्माण गरेको थियो ।
सडक निर्माणमा अहिलेसम्म ६० करोड बढी रकम खर्च भै सकेको सेनाले जनाएको छ ।

प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ११:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *