बृद्ध वादी दम्पतीको विचल्ली

बद्री पन्त
जाजरकोट, २९ साउन ।
बुढेशकालमा सहारा दिने कोही नभएपछि जाजरकोटको जुँगाथापाचौर ९, भ्यूथापाका ८० बर्षीय डन्ने बादी र उहाँकी ७८ बर्षीया श्रीमती इसरा बादी विचल्लीमा पर्नु भएको छ ।
उहाँहरु अहिले घर न घाटको हुनु भएको छ । गाउँलेको साहारामा उनको जीवन व्यतित भैरहेको छ ।
दैनिक गुजाराको जोहो गर्न धौ धौ परि रहेको छ । छिमेकमा मागेर पेट पाल्ने बाहेक अन्य विकल्प छैन् ।
१० बर्षदेखि उहाहरु सिमा ९ मोर्कखोला किनार स्थित करबीर पुनको जीर्ण घरको छाप्रोमा बस्दै आउनु भएको छ ।
बादी दम्पतिको बुढेशकालको सहारा त के ? खाने ÷लाउने जोहो समेत छैन । IMG_5218न त १ माना उब्जने जमिन छ, नत सुरक्षित घरबास र अन्य । बास बस्ने कटेरो पनि अर्काको जमिनमा । पूर्ण सुकुम्बासी जीवन विताउदै आएका छन ।
सम्पतीको नाममा एक वटा बाख्राको पाठो र दुई तीन वटा कुखुराका चल्ला मात्र छन् । तपतप पानी चुहिने कटेरोमा बादी दम्पतीको जीवन व्यतीत भैरहेको छ ।
उनीहरुलाई छोराछोरीले समेत हेरचाह गर्दैनन् । डन्ने दुबै हात भान्चिएर अपाङ्ग छन् भने इसरा आँखा देख्नु हुन्न ।
धेरै कडा परिश्रम गर्न सक्दिन । आफ्नो शेष पछि यो अपाङ्ग पत्नी हेरचाह, पालनपोषण कुन दैवले गरीदेला भन्ने चिन्ताले साताउने गरेको इसराले वताउनु भयो ।
सरकारले घर बास नभएका बादी समुदायलाई “बादी आवास कार्यक्रम” सन्चालनबाट जाजरकोटमा बर्षमा लाखौ रकम खर्च गर्दै आएको छ ।
तर त्यो रकम बाँठाटाठा बादी अगुवाहरुले कुम्ल्याने गरेका छन । जिल्लाको पजारु, दशेरा, झाप्रा, मजकोट, पुन्मा, खगेनकोट, खलंगा लगाएत गाविसमा बादी समुदायको बसोबास रहेको छ ।

प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०६:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *