छैर्ठौ प्रदेशको लागि ज्यान दिनेहरु बल्ल शहिद घोषणा

man-news-pp
गत साउन २५ गते सुर्खेतको वीरेन्द्रनगरमा दलहरुले गरेको कार्यक्रममा यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिंह रजवारका साथै जुम्लाका हरिबहादुर कुवरको फोटोमा माल्यापर्ण गदै दलका नेताहरु ।

सुर्खेत, २ साउन ।
छुट्टै प्रदेशको माग गदै गतबर्षको साउनमा सुर्खेतमा भएको आन्दोलनमा
परी मृत्यु भएका सुर्खेतका ३ जना र जुम्लाका एक जनालाई सरकारले शहीद
घोषणा गरेको छ ।
विहीवार बसेको मन्त्रिपरिषदले सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिंह रजवारका साथै जुम्लाका हरिबहादुर कुवरलाई शहीद घोषणा गरेको हो ।
सरकारले मधेस, थारु तथा सीमाकंनको आन्दोलनमा परी मृत्यु भएका ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय अनुसार विसी, गौतम र रजवार पनि शहीद घोषणा गरेको हो ।
२०७२ साउन २५ गते छुट्टै प्रदेशको माग राखी सुर्खेतमा भएको आन्दोलनमा प्रहरीको गोली लागी उनीहरुको मृत्यु भएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको ५२ जनालाई शहीद
घोषणा गर्न प्रस्तावलाई अनुमोदन गरेको ऊर्जामन्त्री जनार्दन शर्माले बताउनु भयो ।
शहीद घोषणा गरिएका ५२ जनामा ११ जना सुरक्षाकर्मी पनि छन् ।
टीकापुर झडपमा मारिएका १० सुरक्षाकर्मी र महोत्तरीमा मारिएका एकजनालाई सहिद घोषणा गरिएको हो ।
यो घोषणासंगै मृतकका परिवारले १० लाख रुपैया क्षतिपूर्ति पाउनेछन् ।
सुर्खेतका विसी, गौतम र रजवारका परिवारहरुले सरकारले सुर्खेतको आन्दोलनमा ज्यान गुमाउने आफ्ना सदस्यहरुलाई शहीद घोषणा नगरेकोमा आक्रोश पोखेका थिए ।
परिवारजनले अव उनीहरुको मृत्यु भएको स्थानहरुमा शहीदको नामबाट चोक नामाकरण गर्न माग राखेका छन् ।

प्रकाशित मितिः २ भाद्र २०७३, बिहीबार १२:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *