पुर्नसंरचना आयोग ६ नम्वर प्रदेशको संयोजकमा नीरज शाह

1709270509768051307_nसुर्खेत, १० भदौ ।
गाउंपालिका, नगरपालिका, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सिमाना तथा संख्या निर्धारण आयोगका सदस्य नीरज शाह प्रदेश नम्वर ६ को संयोजक हुनु भएको छ ।
गाउंपालिका, नगरपालिका, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सिमाना तथा संख्या निर्धारण आयोगले उहाँलाई प्रदेश न. ६ को संयोजक तोकेको हो ।
जाजरकोट पुर्खेली घर भएका शाह इन्जिनियर हुनुहुन्छ ।
उहाँले स्थानीय स्तरको पुनर्संरचना गर्ने कार्यमा आवश्यक सहयोग गर्न ६ नम्वर प्रदेशवासीलाई आग्रह गर्नू भएको छ ।

प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ११:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *