छैठौ प्रदेशका जिविसले बिकास बजेट नै खर्च गर्न सकेनन्

सुर्खेत, ६ असोज ।
छैठौ प्रदेशमा रहेका जिल्ला विकास समितिले गएको आर्थिक वर्ष समग्रमा ६० प्रतिशत मात्रै विकास बजेट खर्च गरेको पाइएको छ ।
स्थानीय विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा गरेको आर्थिक वर्ष २०७२÷७४ को प्रगति समिक्षा गोष्ठीमा ६० पं्रतिशत मात्रै विकास बजेट खर्च भएको पाइएको हो ।
आफनो प्रगति प्रतिवेदन प्रस्तुत गदै छैठौ प्रदेशका जिल्ला विकास समितिहरुले विभिन्न कारणले गर्दा सबै बिकास बजेट खर्च गर्न नसकेको बताएका छन ।
ढिलोगरी अख्तियारी आउनु, जनशक्तिको अभाव, स्रोत साधानको कमी लगायतका विभिन्न कारणले गर्दा सबै बजेट खर्च हुन नसकेको जिविसहरुले जानकारी दिएको स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसुधन बुर्लाकोटीले बताउनु भयो ।
20160921_092741उहाँले जिविसहरुले ६० प्रतिशत र नगरपालिकाहरुले ९० प्रतिशत बिकास बजेट खर्च गरेको पाइएको जानकारी दिनुभयो ।
छठौ प्रदेशका नयाँ नगरपालिकामा जनशक्तिको अभाव रहेको, स्थानीय विकास अधिकारीले एकल जिम्मेवारीमा तर दलिय सहमतिमा काम गर्नु पर्ने बाध्यता, साना योजनाहरुको संख्या अत्याधिक जस्ता समस्या रहेको बताएको छ ।
यस प्रदेशमा रहेको बीरेन्द्रनगर नगरपालिका बाहेकका अन्य नगरपालिकाहरुको बार्षिक आम्दानी नगन्य रहेको समेत बताएको छ ।
गोष्ठी समापन कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले समिक्षाको लागि मात्रै समिक्षा गर्न नहुने भन्दै परिणाम सहितको समिक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *