सुर्खेत र जाजरकोट प्रहरी प्रमुख विहीन किन ?

सुर्खेत, ८ असोज ।
करिव दुई महिनादेखि सुर्खेत र जाजरकोट जिल्ला प्रहरी कार्यालय प्रमुख विहीन बनेको छन । सुर्खेतका तत्कालीन प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठ र जाजरकोटका डिएसपी दानबहादुर मल्ल सरुवा भएर काठमाडौ गएपछि दुवै जिल्ला प्रहरी प्रमुखविहीन भएका हुन ।
चाडपर्वको मुखमा प्रहरी प्रमुख नहुँदा विशेष सुरक्षा व्यवस्था निर्माण लगायतका कामहरु प्रभावित भएको बताइएको छ ।
६ नं. प्रदेशको केन्द्रको रुपमा रहेको सुर्खेत लामो समयसम्म प्रहरी प्रमुख विहीन भएपनि स्थानीय राजनीतिक दल, नागरिक समाजलगायतको क्षेत्र मौन बसेको छ ।
छिटो प्रमुख ल्याउनका लागि कसैले पनि ध्यान दिएको पाइदैन । अहिले डिएसपी बहादुरजंग मल्लले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।
उहाँले एसपी नभएपनि शान्ति सुरक्षालगायतका नियमित काम कारबाहीमा कुनै असर नपरेको बताउनु भयो ।
660015552586e4448bd3db345a5abf45यता जाजरकोटमा भने पूर्व र वर्तमान गृहमन्त्री दुवैले आफू निकटकालाई पठाउन दबाब दिएपछि अहिलेसम्म नयाँ डिएसपी नगएको बताएको छ ।
गृहमन्त्री विमलेन्द्र निधिले आफूनिकटकालाई डीएसपी बनाएर पठाउन चाहेको र पूर्व गृहमन्त्री शक्ति बस्नेतले आफूनिकटकालाई प्रहरी प्रमुख बनाउन प्रहरी प्रधान कार्यालयलाई दबाब दिएपछि जिल्ला प्रमुख विहीन बनेको बताइन्छ ।
प्रहरी प्रधान कार्यालयले नेताहरुको चर्को दबाबका कारण जाजरकोटको प्रहरी प्रमुखमा कसैलाई नखटाइएको स्रोतले बताएको छ ।
डिएसपी मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जाजरकोटमा प्रहरी निरीक्षक हिक्मत बोहराले निमित्त भएर काम गरिरहनु भएको छ ।
नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री निधिमार्फत आफनो पक्षको र माओवादी केन्द्रका नेताहरूले पूर्वगृहमन्त्री बस्नेतमार्फत आफ्नो पक्षको डीएसपी पठाउन दबाब दिएको कारण प्रहरीको हाईकमान्डलाई निर्णय लिन अप्ठयारो परेको स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका साँसद राजीवविक्रम शाहले जिल्लामा राम्रोसँग काम गर्ने व्यक्तिलाई पठाउनुपर्छ भनेर आफूहरूले माग गरेको बताउनु भयो ।
उहाँले आफ्नो र अर्काे पक्षको भन्दा पनि जनताका लागि काम गर्ने व्यक्ति जिल्लामा जानु प¥यो भन्ने आफूहरुको धारणा रहेको पनि उल्लेख गर्नुभयो ।
यता मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले सुर्खेत र जाजरकोट जिल्लामा छिट्टै प्रमुख आउने बताउनु भयो ।
डिआईजी नेपालले सम्भवत सोमबार ÷ मंगलवारसम्म नयाँ प्रमुख दुवै जिल्लामा आइसक्ने जानकारी समेत दिनुभयो ।

प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार ०७:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *