
बद्री पन्त
जाजरकोट १०, असोज ।
जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ ।
जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो ।
जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ ।
सडकममा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको बोहराको भनाइ छ ।
फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताउनु भयो ।
३ राउण्ड मात्र एस एमजीमा प्रयोग हुने खालको छ । सशस्त्र द्वन्द कालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराले बताउनु भयो ।
२ बर्ष अघि प्रहरीले नगरपालिकाकै रिम्ना स्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो ।