
सुर्खेत, १८ असोज ।
मेडिकल कलेज स्थापना प्रारम्भिक समितिले मध्यपश्चिम क्षेत्रीय अस्पताललाई आधार मान्दै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्ने सुझाव दिएको छ ।
समितिले बस्तीपुर र बतासेडाँडाको १५ बिगाह जग्गामा मेडिकल कलेजका लागि अध्ययन केन्द्र र क्षेत्रीय अस्पतालको २० विगाह जग्गामा शिक्षण अस्पताल बनाउन प्रस्ताव गदै शिक्षा मन्त्रालयमा प्रतिवेदन वुझाएको छ ।
यस्तै पुरानो अस्पताल असपासको ८ बिगाह जग्गालाई पनि मेडिकल कलेजको लागि पनि प्रयोग गर्न सकिने भन्दै प्रस्ताव गरेको समितिका संयोजक जीतबहादुर रानाले बताउनु भयो ।
उहाँले अहिलेको क्षेत्रीय अस्पताललाई मेडिकल कलेजको शिक्षण अस्पताल बनाउन र बतासे र बस्तीपुर डाँडामा अध्ययन केन्द्र बनाउन प्रस्तावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई वुझाएको जानकारी दिनुभयो ।
समितिले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयले प्राविधिक टोली पठाएर विस्तृत अध्ययन गरी सरकारले उपयुक्त निर्णय लिने समेत रानाले बताउनु भयो ।
सरकारले नीजि तथा कार्यक्रम मार्फत सवै प्रदेशहरुमा एक÷एक वटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।
सरकारी घोषणा पछि शिक्षा मन्त्रालयले जग्गा छनौठ लगायतका विभिन्न काम गर्नको लागि मेडिकल कलेज स्थापना प्रारम्भिक समिति गठन गरेको थियो ।
समितिलाई काम आरम्भ गरेको मितिले लागु हुने गरी २ महिनाभित्र प्रतिवेदन वुझाउने जिम्मेवारी समेत दिएको छ ।
त्यही जिम्मेवारी अनुरुप समितिले शिक्षा मन्त्री डिआर पौडेललाई प्रतिवेदन वुझाएको बताएको हो ।
समितिका संयोजक जीतबहादुर रानाले सम्भवत डेढ÷दुई महिनाभित्रै टुंगो लाग्ने दावी गर्नुभयो ।
उहाँले दशैतिहारको बीचमा अथवा त्यस लगत्तै टुंगो लाग्न सक्ने उल्लेख गर्नुभयो ।