बद्री पन्त
जाजरकोट २८, कार्तिक ।
स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि जाजरकोटले सर्वसम्मत प्रस्तावको प्रतिवेदन आयोगमा पठाउने निर्णय गरेको छ । स्थानीय तह पुनरसंरचना प्राविधीक सहयोग समितिले ३ नगरपालिका र ४ गाउपालिकाको खाका सहितको प्रतिवेदन गाउपालिका, नगरपालिका तथा विशेष वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगलाई सिफासि गरेको हो ।
जिल्लाको पश्चिम भेकमा ६ गाविस मिलाएको एक र पुर्वी भेकमा ५ गाविस मिलाएको एक गरी २ नगरपालिका थप भएका छन् । पश्चिम भेकका साल्मा, दशेरा, सुवानाउली, झाप्रा, कार्कीगाउ र पजारु मिलाएर छेडागार नगरपालिका, सदरमुकाम खलंगा, पुन्मा, जगतीपुर र भुर मिलाएर भेरी नगरपालिका र डा“डागाउ, लह“, खगेनकोट, रग्दा र भगवती मिलाएर नलगाड नगरपालिकाको प्रस्ताव गरीएको छ ।
समितिले साविककोे भेरीमालिका नगरपालिकाको सिमाना यथावत कायम गरी ना भने भेरी प्रस्ताव गरेको हो । छेडागार नगरपालिकाको केन्द्र मनघाट÷थलह, जगतीपुर नगरपालिकाको केन्द्र खलंगा र नलगाड नगरपालिकाको केन्द्र दल्ली प्रस्ताव भएको समितिका संयोजक इन्द्र गौतमले बताए ।
त्यस्तै सीम्ाँ, जु“गाथापाचौर, र थँल्ाँरैकर मिलाएर शिवालय गाउपालिका, मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाविस मिलाएर जुनीचा“दे÷भैरीचा“दे गाउपालिका, टालेगाउ, पैंक, अर्छानी, पजारु र ढीमे गाविस मिलाएर कुशे गाउपालिका र नायकबाडा, रामीडाडा, रोकायगाउ र सक्ला गाविस मिलाएर बारेकोट गाउपालिका बनाएको गौतमले बताए । पजारु गाविसका ७ वडालाई छेडागार नगरपालिका, १ वडालाई भैरी÷चा“दे र १ वडालाई कुशे गाउपालिकामा सीमाकंन गरीएको उनले बताए । शिवालयको केन्द्र सेवाला, भैरीचा“देको केन्द्र लुहादह ÷सानाखोला, कुशेको धारापानी र बारेकोटको लिम्सा केन्द्र प्रस्ताव गरेको उनले बताए । २६ गाविस र १ नगरपालिका रहेको यस जिल्लाका लागि ७ स्थानीय तहको प्रस्ताव आयोगमा बुझाउने निर्णय भएको स्थानीय विकास अधिकारी गौतमले बताए । शुरुमा दलहरु विच विवाद भएपनि अन्तिम निर्णय गर्दा एक मत भएको उनले बताए ।
आयोगले जाजरकोटलाई ५ देखि ७ स्थानीय तहको खाका अन्र्तगत राखेको थियो । सीमाकंनका विषयमा दलहरु विच तीब्र विवाद भएपछि प्राविधीक समिति आयोगको तोकेको म्यादभित्र निर्णय गर्न असफल भएको थियो । एमालेको पकट रहेको साल्मा गाविसको सीमाकंनको विषयलाई लिएर का“गे्रस, माओबादी र एमाले विच तीब्र विवाद हु“दा आयोगले तोकेको म्याद २० गते निर्णय हुन सकेको थिएन । सोमबारको सर्वदलीय बैठकमा दलहरुले आफ्आफ्ना अडान नछाडेपछि अन्तिम अवस्थामा ७ तहमा सहमती भएको गौतमको भनाई छ । शिवालय, जुनीचा“दे÷भैरीचा“दे, कुशे र बारेकोट गाउपालिकालाई विषेश गाउपालिकाको रुपमा सिफारिस गरीएको गौतमले बताए । समितिको प्रस्तावित खाका अनुसार केहिलाई सेवा केन्द्र अपायक पर्ने भएपनि समग्रमा सन्तुलित भएको का“गे्रस उपसभापति सर्पराज रावतले बताए । २०६८ को जनगणना अनुसार जाजरकोटमा १ लाख ७१ हजार जनसंख्या रहेको छ ।