यस्तो छ, एमालेको प्रदेश समृद्धिको रोडम्याप, कर्णाली प्रदेश, राजधानी बीरेन्द्रनगर

सुर्खेत, १९ मंसिर ।
नेकपा एमालेले ६ नम्वर प्रदेशको नाम र राजधानीको प्रस्ताव गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय भेलाले ६ नम्वर प्रदेशको नाम र राजधानी प्रस्ताव गरेका हो ।
एमालेले ६ नम्वर प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी सुर्खेतको वीरेन्द्रनगर प्रस्ताव गरेको पालिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक यामलाल कँडेलले बताउनु भयो ।
15268041_2425863950775858_7560285804235492657_nदुई दिनसम्म वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय भेलाले पार्टीको प्रदेशको प्रारम्भिक घोषणा पत्र तयार गरी प्रदेशको नाम र राजधानी प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।
यो प्रारम्भिक घोषणा पत्र हो अन्तिम होइन, त्यसैले सवैको सल्लाह सुझाव लिएर यसलाई अन्तिम रुप दिन्छौ सहसंयोजक कँडेलले भन्नुभयो ।
६ नम्वर प्रदेशको समृद्धिको रोड म्याप प्रदेशस्तरीय भेलाले तयार पाएको उल्लेख गदै उहाँले रोडम्यापमा प्रदेशको समृद्धिको सम्भावना र चुनौतिहरु केलाइएको बताउनु भयो ।
एमाले ६ नम्वर प्रदेश संगठन कमिटीले एमालेको उदघोष सुन्दर र समृद्धि ६ नम्वर प्रदेश, आफ््नो प्रदेश आफै बनाऔ, विकास र समृद्धिको ढोका खोलौ भन्ने मुख्य नारासहितको ६ नम्वर प्रदेशको समग्र विकास तथा समृद्धिको प्रारम्भिक घोषण पत्र तयार पारेको छ ।
15241273_2425864134109173_1049690658862750403_nघोषणा पत्रमा प्रदेशको नाम र राजधानी, प्रदेश निर्माणको सन्दर्भ, प्रदेशको बर्तमान अवस्था, प्रदेशको चुनौति र सम्भावना लगायतका विषयवस्तुहरु समेटिएको छ ।
प्रदेश कमिटीले आयोजना आइतवार बीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष तथा प्रदेश संयोजक युवराज ज्ञवालीले प्रारम्भिक घोषणा पत्रले यस प्रदेशको समृद्धिके ढोका खोल्ने बताउनु भयो ।
उहाँले प्रारम्भिक घोषण पत्रको आधारमा टेकेर एमालेले यसको विकास र समृद्धिका कार्यक्रमहरु अघि वढाउने जानकारी दिनुभयो ।

नेकपा (एमाले) को उद्घोष ! सुन्दर र समृद्ध ६ नंबर प्रदेश !!
‘आफ्नो प्रदेश आफै बनाऔं ! विकास र समृद्धिको ढोका खोलौं !!
नेकपा (एमाले) ६ नंबर प्रदेश संगठन कमिटीद्वारा पारित
६ नंबर प्रदेशको समग्र विकास तथा समृद्धिको
प्रारम्भिक घोषणा–पत्र
२०७३ मंसिर १७ गते ,सुर्खेत
्प्रस्तावना
२०६२÷०६३ को शान्तिपूर्ण जनक्रान्तिलगायत विभिन्न समयमा भएका आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्रात्मक शासन प्रणालीको स्थापना भएसँगै सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकका जनप्रतिनिधिहरुद्वारा संविधानसभाबाट पहिलो पटक नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण भएको सन्दर्भलाई आत्मसात गर्दै,
क्रान्तिको राजनीतिक कार्यभार पूरा भई संविधान निर्माण भएपछि सिंगो मुलुक संघीय संरचनामा अघि बढेको वर्तमान सन्दर्भलाई सहसुस गर्दै,
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा पुँजीवादी–जनवादी क्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्ने र आर्थिक–सामाजिक रुपान्तरणसहित राष्ट्रिय पुँजीको विकाससहित समग्र विकास र समृद्धितर्फ मुलुकलाई डो¥याउँदै समाजवादको आधार तयार गर्ने संकल्प गर्दै,
पार्टीले आफ्ना संगठनात्मक संरचनालाई संघिय संरचनामार्फत देशव्यापीरुपमा कार्यान्वयनमा अघि बढ्दै गरेको सन्दर्भलाई समेत महसुस गर्दै,
राज्यको तर्फबाट यस क्षेत्रलाई सदियौंदेखि उपेक्षा, विभेद र बहिष्करणमा पारिएका कारण यो क्षेत्र समग्र विकासका दृष्टिले पछि परेको तथ्य बोध गर्दै,
यस प्रदेशका दृश्य र अदृश्यरुपमा रहेका चुनौती र विराट संभावनाहरुको यथार्थपरक विश्लेषणसहित तिनको उजागर गरेर चुनौतीको सामना एवं संभावनाको सही सदुपयोग गर्न सकेको अवस्थामा प्रदेशको भविष्य उज्ज्वल रहेको यथार्थतालाई स्वीकार गर्दै,
प्रदेश नंबर ६ का अगुवा पार्टी कार्यकर्ताहरुको प्रदेश स्तरीय बृहत् भेलामार्फत प्रदेश संगठन कमिटीद्वारा यस प्रदेशका आम जन समुदाय तथा पार्टी नेता एवं कार्यकर्तासामु पूर्ण प्रतिवद्धताकासाथ यो घोषणा गर्दछौं ।
यस घोषणासँगै प्रदेश नंबर ६ का सबै जिल्ला कमिटीहरुले यथासिघ्र जिल्लाका समग्र विकास र समृद्धिका घोषणापत्रहरु निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । साथै विषयगत रुपमा तयार पारिएका विस्तृत अवधारणा पत्रहरुलाई यस घोषणा पत्रको अंगको रुपमा अनुुसूूचीमा रहने छन् ।
नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनको समृद्धिको कार्यदिशा
नेकपा एमालेले माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगका क्रममा विकसित सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्ने र आर्थिक–सामाजिक रुपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गर्दै सामजिक न्याय,समानता र समाजवादी अर्थतन्त्रको आधार खडा गर्ने अभियानको अगुवाई गर्दछ । क्रान्तिको राजनीतिक चरण मूलतः सम्पन्न भइसकेको र आर्थिक सामाजिक रुपान्तरण क्रान्तिको भावी कार्यभारको रुपमा नेकपा एमालेले नवौं राष्ट्रिय महाधिवेशनबाट आर्थिक विकास तथा समृद्धिको लक्ष्यमा अघि बढ्ने उद्घोष गरेको छ । पार्टीको उक्त महधिवेशनबाट ‘नेकपा एमालेको परिकल्पना ः सुखि नेपाली, समृद्ध नेपालको स्थापना’ भन्ने मूल नारा अघि सारिएको थियो । अतः एमालेका प्रदेश ६ का सबै जिम्मेवार नेता तथा कार्यकर्ताहरुले गौरव महसुस गर्दै यस प्रदेशको समृद्धिको मार्गचित्र अघि सारिएको छ । हामीले यही मार्गदर्शनमा प्रदेश नंबर ६ को समग्र विकास र समृद्धिको लक्ष्यलाई अबको मूल बाटो बनाई अघि बढ्नु पर्दछ । यसै आधारमा यो घोषणा–पत्र तयार पारिएको छ ।
प्रदेशको नाम र राजधानी
प्रदेशको नाम र राजधानीका सम्बन्धमा नेपालको संविधानले व्यबस्था गरेअनुरुप भविष्यमा कार्यान्वयनका लागि पार्टीको तर्फबाट अग्रणी भूमिका खेल्ने गरी नेकपा (एमाले) ६ नंबर प्रदेश कमिटीको तर्फबाट प्रदेशको नाम र राजधानी प्रस्तावित गरिएको छ । हाम्रो ऐतिहासिक सन्दर्भ, कर्णाली सभ्यता, कर्णाली नदी बेसिनसमेतका आधारहरुलाई ध्यानमा राखेर हाम्रो पार्टीको तर्फबाट प्रदेश नंबर ६ को नाम ‘कर्णाली प्रदेश’ प्रस्तावित गरिएको छ त्यसरी नै भौगोलिक अवस्था, भौतिक पूर्वाधार, जनताको सेवा सुविधालगायतका तथ्यहरुलाई ध्यानमा राखेर प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर प्रस्ताव गरिएको छ ।
प्रदेश निर्माणको सन्दर्भ
नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान निर्माण भएको छ । संविधान निर्माण नेकपा (एमाले)को मूख्य कार्यभार थियो । त्यसैले राष्ट्रिय सहमतिका साथ संविधान निर्माण गर्नमा हाम्रो पार्टीको नेतृत्वदायी र निर्णायक भूमिका रहेको छ । एकातिर संविधान निर्माणको जटिल कडी संघियता थियो भने अर्कोतिर नयाँ संविधानको सबैभन्दा महत्वपूर्ण सुन्दरता पनि संघीयता नै हो ।
प्रमुख राजनीतिक दलहरुको सहमतिमा राजनीतिक संवाद तथा सहमति समितिद्वारा सर्वप्रथम ६ प्रदेशको सिमांकनको खाका अघि सारेपछि साविकको मध्यपश्चिमाञ्चललाई अत्यन्त क्षतविक्षत पारेर अस्वभाविक र अव्यावहारिक ढंगले टुक्राउने काम भयो । परिणामस्वरुप संविधान आउने सुनिश्चिततासंगै सिमांकनको विषयले मध्यपश्चिम क्षेत्रका नागरिकलाई आक्रोशित बनायो । यस प्रस्तावलाई मध्यपश्चिमका सबै जिल्लाबासीले ठाडै अस्वीकार गरेको पृष्ठभूमीमा कर्णालीको जुम्लालगायतका सबै जिल्ला, भेरीको सुर्खेत, दैलेख, जाजरकोट तथा राप्तीका सल्यान र रुकुम जिल्लाका आम नागरिक सो सिमांकनका विरुद्ध बलिदानीपूर्ण आन्दोलनमा उत्रिए । आन्दोलनका क्रममा सुर्खेतमा तीनजना र जुम्लामा एकजना गरेर चारजना सपुतले सहादत प्राप्त गरे । जिल्लाको जन दबावदेखि जन प्रतिनिधि साँसदहरुको सिंहदरबारसम्मको दबावको परिणामस्वरुप देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रदेश सीमांकनमा पुनर्विचार गर्न बाध्य भए । २०७२ भाद्र ४ गतेका दिन देशका प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिका आधारमा संविधानसभा अन्तरगतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा ७ प्रदेशको संघीय संरचना निर्माण गर्ने निर्णय गरियो । जसअनुसार साविकको कर्णाली अञ्चलका सबै जिल्लाहरु, भेरी अञ्चलका सुर्खेत, दैलेख र जाजरकोट तथा राप्ती अञ्चलका सल्यान र रुकुमको पश्चिमी भागसमेतका भू–भाग तथा जनसंख्यालाई समेटेर ६ नम्बर प्रदेश कायम गरियो । यो आन्दोलनको सफलतास्वरुप महत्वपूर्ण उपलब्धीको रुपमा ६ नंबर प्रदेश प्राप्त भएको छ ।
प्रदेशको वर्तमान अवस्था
यस प्रदेशको कुल क्षेत्रफल ३१,८७३ वर्ग कि.मि. रहेको छ । यो देशको कुल क्षेत्रफलको २१.६६ प्रतिशत हो । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार यस प्रदेशको कुल जनसंख्या १६,२३,६०२ रहेको छ । जुन देशको कुल जनसंख्याको ६.१२ प्रतिशत हो । यसै गरी मानव विकास सूचकांक ०.४०९ रहेको छ भने यहाँका करिब ६५ प्रतिशत नागरिक साक्षर छन् । तेह्रौं योजनाको प्रतिवेदनअनुसार देशको साक्षरताको आँकडामा ८८.६० प्रतिशत व्यक्तिहरु साक्षर छन् । यस प्रदेशको औसत आयु करिब ६० बर्ष रहेको छ जबकि समग्र देशको औसत आयु ७१ बर्ष रहेको छ । यहाँका नागरिकको प्रतिव्यक्ति बार्षिक आय करिब ८० हजार रुपियाँ रहेको देखिन्छ । देशको सन्दर्भमा प्रतिव्यक्ति बाािर्षक आय १ लाख ५० हजार रुपियाँ रहेको छ । कुपोषण, बालमृत्यु दर र मातृमृत्यु दर पनि यस प्रदेशमा अरुको भन्दा बढी नैं छ । यी केही महत्वपूर्ण सूचकहरुको आधारमा वर्तमान अवस्थामा यो प्रदेशको अवस्था कमजोर रहेको प्रतित हुन्छ । भौगोलिक क्षेत्रफलका हिसावले यो प्रदेश सबभन्दा ठूलो छ भने प्रतिव्यक्ति आम्दानीका हिसावले ७ नम्बर प्रदेशभन्दा मात्र अगाडी छ । अरु सबै सुचकहरुमा हालसम्म अन्य ६ वटै प्रदेशभन्दा यो प्रदेश पछाडी छ ।

प्रदेशका चुनौती र संभावना
यस अवधारणा पत्रमा कार्यक्रमिक हिसावले समावेश गरिएका अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन महत्वका सवालहरुलाई सफलिभूत पार्नका लागि यस प्रदेशमा विद्यमान चुनौतीहरु र विराट संभावनाहरुलाई यथोचित ध्यान दिदै चुनौतीहरुलाई संभावनामा परिणत गर्ने र अवसरहरुलाई सदुपयोग गरेरमात्र यहाँको समग्र विकास तथा समृद्धिमा फड्को मार्न सकिन्छ । प्रदेश नंबर ६ का चुनौतिहरुलाई निम्नानुसार लिपिबद्ध गर्न सकिन्छ –
ड्ड प्रदेश नंबर ६ श्रोत साधनको धनी भएपनि भौतिक विकासको दृष्टिबाट सबैभन्दा पछि परेको प्रदेश हो । सबैजसो जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छ्रैन । हुम्ला र डोल्पा जिल्ला अझैसम्म पनि सडक मार्गबाट बञ्चित हुनु यसको ज्वलन्त उदाहरण हो । बाटोघाटो, पूल, खानेपानी, सिचाई, विजुलीजस्ता भौतिक पूर्वाधार विकासमा यो प्रदेश निकै पछाडि छ । यसरी आधारभूत पूर्वाधारको समुचित विकास हुन नसक्नु यो प्रदेशको प्रमुख चुनौति हो ।
ड्ड भौगोलिक विकटता र छरिएको वस्ती यहाँको समानुपातिक विकासका लागि अर्काे ठूलो चुनौति हो । कर्णालीका साथै जाजरकोट, दैलख, रुकुम, सल्यान र सुर्खेतका अधिकाँश भूभाग पनि भौगोलिक रुपमा ज्यादै विकट छन् । यही विकटता र छरिएको बस्तीका कारणले पनि यो क्षेत्र विकासमा पछि पारिएको छ ।
ड्ड मानव विकास सुचकांक हेर्दा धेरै सवालमा यो प्रदेश पछाडि छ । ‘देशभित्रै देश खोज्नु पर्ने’ अवस्थामा छ यो क्षेत्र । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासको अवस्था अत्यन्त दयनीय छ । एक्काईशौं शताब्दीमा कतिपय बालबालिका विद्यालयको मुख देख्न पाउदैनन् भने विद्यालय जानेले पनि गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् । जनताले राम्रो स्वास्थ्य सेवा पाउने कुरा त धेरै टाढा, झाडा पखालाजस्ता महामारीबाट वर्षेनी कतिपय मान्छेको अनाहकमा ज्यान गईरहेको छ । भोकमारी, महामारी, उपचारको कमी, कुपोषण, प्राकृतिक प्रकोपमा परेर सित्तैमा मर्नुपर्ने ज्यादै कारुणिक दृश्यको नमूना हो प्रदेश नंबर ६ ।
ड्ड केन्द्रीय राज्यबाट सबैभन्दा बहिष्करणमा परेको, हेपिएको, उपेक्षित भूभागलाई जोडेर निर्माण भएको भूगोलको नाम हो प्रदेश नं ६ । राज्यको आँखामा सधै उपेक्षित रहनु र केन्द्रमा पहुँच स्थापित हुन नसक्नु यो प्रदेशको अर्को चुर्नाति हो ।
ड्ड प्रदेश ६ को अर्को समस्या भनेको खाद्या आत्मनिर्भर नहुनु पनि हो । सुर्खेत र सल्यानबाहेक कुनैपनि जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन् ।
ड्ड एकातिर यो प्रदेशको दक्षिणतिरको छिमेकी राष्ट्र भारतसँगको निकास बिन्दु छैन र त्यो समस्याको निकास संघीय कानुन र आवश्यक परेमा संघीय सरकारले निकाल्नु पर्नेछ । अर्कोतिर उत्तरतिरका नाका खुलेका छैनन् र तत्काल उत्तरी नाका खुलाउनु पर्ने चुनौति प्रदेशसामु छ ।
ड्ड अव्यावहारिक विकास नीति र विकासमा पक्षपात प्रदेशको अर्को चुनौति हो । केन्द्रीय राज्यबाट निर्माण हुने विकास सम्बन्धी कैयौ नीति नियमहरुले यस क्षेत्रको वास्तविकतालाई समेट्न नसक्नाले पनि यहाँको विकासले गति लिन सकेको छैन । यस क्षेत्रमा पूर्वका कुनै एक जिल्लाको भन्दा पनि कम विकास बजेट विनियोजन गरिन्छ । विनियोजित बजेट पनि समयमै खर्च नभएर फ्रिज हुने समस्या प्रदेशका सबै जिल्लामा छ ।
ड्ड आधारभूत स्वास्थ्य सेवा, शिक्षामा नागरिकको सहज पहुँच, साक्षरता दर बढाउने, खानेपानी, सञ्चारलागयतका सेवा सुविधाका क्षेत्रमा पनि सन्तोषजनक प्रगति हुन नसक्नु प्रदेशको अर्को थप चुनौति हो ।
ड्ड प्रदेशको मूख्य पेशा कृषि हो । तर आज पनि परम्परागत कृषि प्रणालीमा निर्भर रहनु प्रदेशको ठूलो चुनौतिको रुपमा खडा छ ।
ड्ड अझैसम्म पनि यस क्षेत्रमा रुढीबाद र अन्धविश्वासका अवशेष कायमै रहेकाले पनि युग सापेक्षरुपमा सामाजिक रुपान्तरण हुन सकेको छैन ।
ड्ड विकासमा हातेमालो गर्ने र एकतावद्ध हुने कुरामा यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरुका बिचमा एकताको कमि छ । यसले गर्दा यस क्षेत्रको विकास र नागरिकका मुद्दामा केन्द्रीय राज्यलाई दबाब दिई ध्यानाकर्षण गराउने कुरामा कमी रहेको छ ।
ड्ड यस क्षेत्रका जिम्मेवार जो कोहीका लागि प्रदेशलाई समृद्ध बनाउने चुनौती छ । प्राविधिक तथा वौद्धिक जनशक्ति र नागरिक सचेतनताको कमि छ । जसले गर्दा पनि यस क्षेत्रको विकासले अपेक्षाकृत फड्को मार्न सकेको छैन ।
ड्ड यस प्रदेशका जनताको पिडा र समस्या समान छन् । भोकमारीको समस्या भोग्नुपर्ने, उपचारको समस्या झेल्नुपर्ने, शिक्षामा पहुँचको कमी यस्ता साझा सवाल हुन् यो प्रदेशका । वेरोजगारीको समस्याले ज्यादै प्रताडित प्रदेश हो यो । आफ्नो गाउँ ठाउँमा रोजगारी नपाएर उर्जाशील युवा शक्ति भारत, खाडि र मलेसिया लगायतका देशहरुमा पलायन हुन वाध्य छ । प्रदेशको ठूलो चुनौतिको रुपमा यो समस्या हाम्रा सामु छ ।
माथि उल्लेखित विभिन्न चुनौतीहरुका बावजुद यस प्रदेशमा विराट संभावनाहरु रहेका छन् । तिनिहरुको अध्ययन, विश्लेषण, पहिचान र सही सदुपयोग गर्न सकेको अवस्थामा चुनौतीहरुलाई सहजै निराकण गरेर अविकासको ठाउँमा विकास र गरिबीलाई परास्त गर्दै समृद्धिको हाम्रो मिसन पूरा गर्न सक्छौं ।
ड्ड यो प्रदेश अरु सबै प्रदेशको तुलनामा जलश्रोतमा अत्यन्त धनी छ । प्रदेशमा ठूला नदी, सयौं खोला खोल्सी, ताल, तलैया, झरना पोखरी रहेका छन् । देशको संपूर्ण संभाव्य जल विद्युत क्षमतामा आधाभन्दा बढी विद्युत उर्जा उत्पादनको क्षमता यही प्रदेशमा छ । यिनको सदुपयोग गर्न सकेको खण्डमा हजारौं मेगावाट विद्युत उत्पादन गर्न, स्वस्थ खानेपानीको सुविधा पू¥याउन, हजारौं हेक्टर जमिनमा सिचाई पु¥याउन र यसमार्फत समग्र विकासको ढोका खोल्न सकिने छ ।
ड्ड पर्यटनका दृष्टिले यो प्रदेश अत्यन्त धनी छ । प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक धरोहरहरु, सांस्कृतिक सम्पदा, पर्या पर्यटन यो प्रदेशका अमूल्य सम्पत्ति हुन् । यहाँ देशकै ठूलो र गहिरो रारा तालदेखि विभिन्न आकर्षक ताल र दहहरु, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, भेषभुषा, चाडपर्व, घरेलु प्रविधिआदि सम्पदाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्नसक्ने छ । पर्यटनको विस्तार, विकास र प्रवद्र्धन प्रदेशको समग्र विकासको आधारशिला बन्न सक्छ ।
ड्ड यस प्रदेशलाई जडीबुटीको राजधानी नै भन्न सकिन्छ । यहाँको वन जंगलमा हजारौं थरिका अमूल्य जडिबुटी पाइन्छन् । तिनको संरक्षण, उत्पादन, व्यवस्थापन, प्रवर्धन तथा बजारीकरण गर्न सकेमा यहाँको आर्थिक अवस्थामा व्यापक सुधार गर्न सकिन्छ ।
ड्ड भौगोलिक विविधतालाई पनि यस प्रदेशको विकासको अवसरको रुपमा लिन सकिन्छ । यहाँ कृषि बालितर्पm हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने धान, मकै, गहु, फापर, जौ, स्याउ, सुन्तला, केरा, अम्बासमेत उत्पादन हुन्छ भने प्रदेशका विभिन्न स्थानहरुमा चौंरी, भेडा, घोडा, भैसीं, गाई, बाख्रासमेत पशुपालन हुन्छ । साथै कस्तुरी, मृग, रेडपण्डा, डाँफेआदि महत्वपूर्ण पशुपंक्षीको वासस्थान पनि यही प्रदेश हो ।
ड्ड यसैगरी यस प्रदेशको पशुपालन र कुषि उत्पादनलाई विविधिकरण गर्न सकिने संभावना रहेको छ । कैयौं स्थानमा कृषियोग्य फाँट, पशुचरणका लागि पाटन, घना जंगल, चरिचरण क्षेत्रहरु पनि प्रशस्त मात्रामा रहेका छन् ।
ड्ड यस प्रदेशको विकासको मेरुदण्ड उर्जाशील र गतिशील जनशक्ति नै हो । ‘आफ्नो प्रदेश आफै बनाऔं’ भन्ने उद्घोषका साथ प्रदेशको विकास तथा समृद्धि आफैले गर्न पाउने अवसरको उपयोग गर्न सकिने र उक्त जनशक्तिलाई प्रशिक्षित गर्दै प्राविधिक ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न जरुरी छ । प्रदेशको विकासको लागि आर्थिक सामाजिक रुपान्तरणको नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादन हाम्रो लक्ष्य हुनुपर्दछ । यसरी विकासमा जनताको स्वामित्व र अपनत्व स्थापित गर्न सकिने छ ।
ड्ड यो प्रदेश जैविक विविधताको भण्डार हो । यसको सही व्यबस्थापन गर्न सके विकासमा ठूलो योगदान पुग्न सक्ने छ ।
ड्ड यहाँको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुमा लागानीको चासो बढी रहेकोले पनि त्यसलाई सदुपयोग गरेर भविष्यमा यहाँका ठूला आयोजनाहरु सञ्चालन गर्न सकिने पनि त्यतिकै संभावना बढेको छ ।
ड्ड कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्य पहाडी पुष्पलाल राजमार्ग, अपर कर्णाली, भेरी बबई डाइभर्सन, नलसिं गाड जलविद्युत आयोजना, शारदा जल विद्युत आयोजना, तिला जलविद्युत आयोजनालगायतका ठूला र मझौला जलविद्युुत आयोजनाहरु पनि यस प्रदेशका विकास र समृद्धिका आधार बन्न सक्ने छन् ।
ड्ड यहाँ प्रशस्त खानी र खनिज पदार्थहरु रहेका छन् । यस प्रदेशको गर्भ र सतहमा रहेका फलाम, सुन, तामा, चुन ढुंगा, कोईला, काईनेट, स्टोन, स्लेटआदि खानीहरु प्रदेशको विकासको महत्वपूर्ण योगदान गर्न सक्ने देखिन्छ ।
ड्ड प्रदेशमा रहेका मौलिक सिप, संस्कृति, रहनसहन, नाच गीत, स्थानीय बाली, उत्पादनआदि पनि यो प्रदेशलाई विकासतर्फ डो¥याउने महत्वपूर्ण साधन बन्न सक्छन् ।
ड्ड उत्तरी छिमेकीसँग जोडिएका नाकाहरु– हुम्लाको यारी, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे लाग्ना नाकाहरुलाई खोल्ने र व्यवस्थित गराउने, तिनिहरुलाई सडक मार्गले जोड्ने काम पुरा भएमा पनि यस प्रदेशकै समग्र विकासमा धेरै ठूलो योगदान पुग्ने छ । यी नाकाहरु प्रदेशको विकासका लागि माइलस्टोन बन्न सक्ने छन् ।
प्रदेशमा उपलब्ध अथाह स्रोत र सम्पदाको सदुपयोग र व्यवस्थापन हुन नसकेको कारणले नै यो प्रदेशले हालसम्म गरिबीको रुपमा चित्रित हुन परेको कुरालाई सबैले आत्मसात गर्न सक्नु परेको छ । हालका चुनौतीहरुलाई संभावनामा परिणत गर्न यहाँको आर्थिक, सामाजिक, भौतिक, मानवीय, सांस्कृतिक, प्राकृतिकलगायतका विविध सम्पदाहरुको वास्तविकतालाई राम्ररी बुझ्न बुझाउन र अध्ययन अनुसन्धान गर्न गराउन जरुरी छ । त्यसका आधारमा निक्र्योल हुन गएको तथ्यमा उभिएर विकासको सुव्यवस्थित रणनीतिक दिर्घकालीन योजना निर्माण गर्न अपरीहार्य छ । त्यही योजनामाथि टेकेर संयुक्त पहलकदमीकासाथ यहाँका पौरखी हातहरुलाइ ढिलो नगरी अगाडी बढाउन, यहाँका राजनीतिक दल, वौद्धिक जनशक्ति, नागरिक समाज एवं आम जनसमुदायवीच प्रभावकारी ढंगले सहकार्य गर्न, नयाँ नयाँ सपना देख्न र ति सपनालाई व्यवहारमा उतार्नका लागि सबै पक्ष एकजुट हुन जरुरी छ ।
प्रदेशको समग्र विकास र समृद्धिसंबन्धि एमालेको कार्यक्रम
१. आर्थिक विकासका आधार  श्रोत र संभावना ‘आर्थिक सामाजिक विकास ः प्रदेश छको एकमात्र निकास’
ड्ड प्रदेश नंबर छको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेका जलश्रोत, पर्यटन, जडिबुटी, कृषि पशुपालन, बन, उद्योग वाणिज्य लगायत क्षेत्रकोविकास गरी प्रदेशको अर्थतन्त्रलाई सबल, सक्षम र आत्मनिर्भरबनाइने छ ।
ड्ड उपरोक्त क्षेत्रको विकासको लागि आवश्यक आधारभूत पूर्वाधारको विकास गरी प्रदेशलाई समृद्ध गरिने छ ।
ड्ड प्रदेशको समग्र विकासका लागि आवश्यक जनशक्ति, आधुनिक ज्ञान, सिप, प्रविधिको विकास गरी प्रदेशलाई सक्षम बनाइने छ ।
ड्ड प्रदेशका कर्णाली भेरी कोरिडोर सहितका भौतिक पूर्वाधारको विकास गरी समुन्नत प्रदेशको रुपमा अघि बढाइने छ ।
ड्ड प्रदेशका उत्तरी सिमा नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाग्चे लाग्ना र डोल्पाको धो मोरिम्लामा सुख्खा बन्दरगाहको निर्माणगरी प्रभावकारी रुपमा सञ्चालनका लागि पहल गरिने छ ।
ड्ड केन्द्रीय सरकारको सहकार्यमा प्रदेशको विकासका लागि छिमेकीमुलुकहरुसँग बहुआयामिक विकासका संभावित अवसरका पक्षहरुलाईप्राथमिकता दिई द्वीपक्षीय, बहुपक्षीय विकास आयोजनाहरु, वैदेशिक लगानी र नविनतम प्रविधि भित्र्याइने छ ।
ड्ड आत्मनिर्भर, समुन्नत तथा समाजबादउन्मुख अर्थतन्त्रको विकास गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याइने छ ।
ड्ड आर्थिक बृद्धिद्धाराद्रुत गतिमा गरिवी न्यूनीकरण, असमानता र पछौटेपनको अन्त्य तथा न्यायपूर्ण स्रोत वितरणद्वारा सामाजिक रुपान्तरणलाई सुनिश्चित गरिने छ ।
ड्ड प्रदेशका लागि केन्द्रीय साधन र स्रोतको बाँडफाँडमा राजनीतिक तथा नीति निर्माण तहमा सशक्त भूमिका निर्वाह गरिने छ ।
ड्ड सरकारी, नीजी, सहकारी, गैह्रसरकारी र सामुदायिक समुदायबीच साझेदारी अपनाइने छ ।
ड्ड समानता, समाबेशी र वातावरण संरक्षण मैत्री विकास नीति अवलम्बन गरिने छ ।
ड्ड विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी पूर्वाधार विकासमा गतिशीलता ल्याइने छ ।
ड्ड शारिरीक श्रम गर्नेलाई सामाजिक सम्मानको रुपमा स्थापित गर्दै मूलतः कृषि र पर्यटन क्षेत्रको विकास गरेर हालको वेरोजगारीको समस्या हल गरिने छ ।
ड्ड प्रदेशको समग्र विकास र समृद्धिका लागि क्षेत्रगतरुपमा क्रमशः पूर्वाधार, जलश्रोत एवं उर्जा, पर्यटन, कृषि, जडीबुटी, उद्योग, बनलाई प्राथमिकीकरण गरी कार्यान्वयन गरिने छ ।
ड्ड प्रत्येक गाउँपालिका र नगरपालिकामा बैंक तथा वित्तिय संस्था स्थापना गर्न पहल गरिने छ ।
ड्ड युवा स्वरोजगारमा विशेष जोड दिईने छ ।
ड्ड महिला, बालबालिका, जेष्ठ नागरिकको सुरक्षा र उत्थानका कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड द्वन्द्वपीडित नागरिकका लागि न्याय, परिपुरण, पुनस्र्थापनाको पहल गरिने छ ।

२. भौतिक पूर्वाधार “समृद्धिको आधार ः भौतिक पूर्वाधार ।”
सडक यातायात
ड्ड हालसम्म पनि सडक सञ्जालसँग नजोडिएका हुम्ला र डोल्पा सदरमुकाम जोड्ने लोकमार्गलाई पहिलो प्राथमिकतामा राखेर तत्काल सम्पन्न गरिने छ ।
ड्ड उत्तर दक्षिण अन्तर्राष्ट्रिय राजमार्ग (कर्णाली कोरिडर) ः बाँके जिल्लास्थित नेपाल—भारत नाका जमुनाहाबाट सुर्खेत—दैलेख—कालिकोट—बाजुरा—हुम्लाको सदरमुकाम सिमिकोटहँुदै हुम्लाको उत्तरी सिमानास्थित यारी नाकाको हिल्सालाई जोडिने छ ।
ड्ड उत्तर दक्षिण अन्तर्राष्ट्रिय राजमार्ग (भेरी कोरिडर) ः बाँके जिल्लास्थित नेपाल–भारत सिमाना नाका जमुनाहादेखि सुर्खेत–छिन्चु भेरीनदीको किनारै किनार जाजरकोट–रुकुम–सल्यान–जाजरकोट–त्रिवेणी– डोल्पाको सदरमुकाम दुनै हँुदै डोल्पाको उत्तरी सिमानास्थित नेपाल–चीन नाका धो मोरिम्ला जोडिने छ ।
ड्ड सुर्खेत जुम्ला सिंजा नाग्चे नाग्लालाई प्राथमिकताकासाथ उत्तर दक्षिण जोड्ने अन्तर्राष्ट्रि राजमार्गको रुपमा निर्माण र विकास गरिने छ ।
ड्ड प्रदेशभित्रका सम्पूर्ण जिल्ला तथा शहरलाई न्युनतम सडक राजमार्गको स्तरमा विकास तथा विस्तार गरी प्रदेशभित्रका एकअर्को जिल्लालाई सडक सञ्जालले जोडिने छ ।
ड्ड सुर्खेत माथिल्लो डुङ्गेश्वर दुल्लु कुसापानी कालिकोट जुम्ला लोकमार्गलाई मुगु गमगडी नाक्चे लाग्ना नाका जोड्ने सडक, कोईलाबास चुनवाङ रुकुमकोट सडक, रुकुमकोट सिस्ने डोल्पा सडक, डोल्पा दुनै छार्का मुस्ताङ पर्यटन सडक, डोल्पा शहरतारा ढोरपाटन बागलुङ पर्यटन मार्ग, सल्यान कालिमाटी काल्चे कापे्रचौर कोहलपुर बाँके सडक, जुम्ला बजार छुमचौर नाक्चे लाग्ना सडक, छिन्चु जाजरकोट चङखिला सुवानाउली गर्खाकोट जुम्ला मणीसाँघु डोल्पा र जाजरकोट सडक लगायत आर्थिक केन्द्र र वस्तीहरुलाई सुविधा दिनेगरी दुई जिल्ला जोड्ने सडकहरुलाई प्राथमिकताका साथ निर्माण गरिने छ ।
ड्ड प्रत्येक जिल्लाका सदरमुकाम जोड्ने सडकहरुलाई राजमार्गको न्यूनतम मापदण्डका आधारमा कम्तिमा दुई लेनमा स्तरोन्नति गरिने छ ।
ड्ड प्रदेश भित्रका जिल्लाहरुका ग्रामीण बस्तिका गोरेटो र घोडेटो बाटोहरु निर्माण, मर्मत संभार, स्तरोन्नति र आवश्यक देखिएका स्थानमा नयाँ निर्माण गरी ग्रामीण यातायातलाई सहज, सुरक्षित र सुुलभ बनाइने छ ।
ड्ड गोरेटो, घोडेटोमा पर्ने नदी खोलाहरुमा झोलुङ्गे पुल निर्माण गरिने छ ।
ड्ड सडक निर्माण तथा स्तरोेन्नति गर्दा पक्की पुल निर्माणको कार्यलाई उच्च प्राथमिकतासहित सँगसँगै निर्माण गरिने छ ।
हवाई यातायात सेवा
ड्ड हवाई यातायातलाई विश्वसनिय, सर्वसुलभ, सुरक्षित र नियमित वनाई प्रदेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच विस्तार गरिने छ ।
ड्ड निजी क्षेत्रलाई प्रोत्साहित र सहभागी गराई हवाई सेवालाई जनमुखि, नियमित र विश्वसनीय बनाइने छ ।
ड्ड सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालन गरिने छ ।
ड्ड अत्यावश्यक र आपतकालीन प्रयोजनको लागि हरेक गाँउपालिका÷नगरपालिकामा एउटा हेलिप्याडको निर्माण गरिने छ ।
ड्ड डोल्पाको जुफाल र पहाडा, मुगुको ताल्चा, हुम्लाको सिमिकोट, रुकुमको चौरजहारी र सल्ले, जुम्ला, कालिकोटको कोटबाडा विमानस्थललाई स्तरोन्नति र पूर्वाधार सम्पन्न बनाईने छ ।
ड्ड हुम्लाको मदानाखौला विमानस्थल निर्माण तत्काल सम्पन्न गरिनुका साथै विमानस्थल नभएका जिल्लाहरुमा नयाँ विमानस्थल निर्माण गरिने छ ।
ड्ड जुम्लामा राष्ट्रिय विमानस्थल निर्माण गरी हवाई हबको रुपमा विकास गरिने छ ।
ड्ड अन्य यातायात ः उत्तर दक्षिण नाका र प्रत्येक जिल्लाको सदरमुकामबाट प्रदेश राजधानी जोड्ने रेलमार्ग, आवश्यकता र संभाव्यताका आधारमा फास्ट ट्रयाक, सुरुङ मार्ग, केवलकार र रज्जुमार्गको विकास गरिने छ । कर्णाली र भेरी नदीमा ¥याफ्टिङ तथा स्केटिङ सञ्चालन गरिने छ ।

३. शहरी तथा वस्ती विकास
व्यवस्थित, स्वच्छ र सुुन्दर शहर ः प्रदेश ६ का नागरिकको नैसर्गिक अधिकार !
ड्ड हालका जिल्ला सदरमुकामहरुलाई व्यबस्थित पूर्वाधार विकास र सुविधासम्पन्न शहरको रुपमा विकास गरिने छ ।
ड्ड ‘प्रदेशको रहर ः स्वच्छ र सुन्दर शहर’ नाराका साथ कालिकोटको रासकोट, दैलेखको राकम कर्णाली, दुल्लु, नौमुले, बेस्तडा, जाजरकोट कुदु, थल, दल्ली, रुकुमका चौरजहारी, रुकुमकोट, आठविसकोट, सल्यान कालिमाटी रामपुर, लुहाम, थारमारे, देवस्थल सल्लीबजार, श्रीनगर, कपुरकोट, जुम्ला सिंजा, चौधबिस, हुम्ला हिल्सा, श्रीनगर, सर्केगाड, मैला दार्मा, डोल्पाको दुनै, जुफाल, त्रिपुराकोट, मुगु खत्याड, सोरुकोट, सुर्खेत छिन्चु–रामघाट–दशरथपुर, बावियाचौर–विद्यापुर, गुमी–मेहेलकुना–सहारे, राकम–जामुनेबजारसमेत बस्तीलाई आधुनिक शहरको रुपमा विकास गरिने छ ।
ड्ड स्थानिय तह पुनर्संरचना आयोगद्वारा निर्धारण गरिने स्थानिय तहका केन्द्रहरुलाई आधुनिक र सुविधासम्पन्न शहरको रुपमा विकास गरिने छ ।
ड्ड वस्तीको भौगोलिक, प्राकृतिक, साँस्कृति, ऐतिहासिक र आर्थिक पक्षलाई समेत मध्यनजर गरी सबल र सम्भाव्यका आधारमा पूर्वाधार सम्पन्न व्यवस्थित शहर र बस्तीको विकास गरिने छ ।
ड्ड सदरमुकामभन्दा धेरै टाढा र छरिएर रहेका बस्तिहरुलाई सामुदायिक वस्ती विकास कार्यक्रमद्वारा एकीकृत सेवामा नागरिकको पहुच बृद्धि गरिने छ ।

४. उद्योगको विकास
‘स्थानीय साधन र श्रोतमा आधारित उद्योगको स्थापना ः प्रदेश ६ को चाहना’
ड्ड प्रदेशभित्र भएका स्रोतसाधनहरु–जल, जंगल, जडिबुटी, फलफूल, खनिज पदार्थ, कृषिजन्य उत्पादन, पशुपालन, पर्यटकीय साधन र मानवीय स्रोतको उचित प्रयोग गरी उद्योगको विकासवाट नागरिकको समग्र जीवन पद्धतिलाई आर्थिक रुपवाट रुपान्तरण गरिने छ ।
ड्ड सुुर्खेतमा प्रादेशिक औधोगिक क्षेत्र र अन्य जिल्लाको संभाव्य स्थानमा औधोगिक क्षेत्र ९क्ष्लमगकतचष्ब िश्यलभ० स्थापना गरिने छ ।
ड्ड स्थानीयरुपमा नै कच्चा पदार्थ उपलब्ध हुनसक्ने साना, मझौला तथा ठूला जडिबुटी प्रशोधन तथा वस्तुको उत्पादन गर्ने उद्योको स्थापना गरिने छ ।
ड्ड प्रदेशका आर्थिक रुपबाट संभावित हुने स्थानमा आयुुर्वेदिक औषधिजन्य उत्पादन गर्ने उद्योग स्थापना गरिने छ ।
ड्ड सुर्खेतको चौकुने र सल्यानको खामे लेकमा वातावरण मैत्री सिमेण्ट उद्योग स्थापना गरिने छ ।
ड्ड सल्यानमा अदुवा प्रशोधन केन्द्र स्थापना तथा प्रदेशका उपयुक्त स्थानहरुमा रबर उद्योग स्थापना गरिने छ ।
ड्ड जाजरकोट, हुुम्ला,जुुम्ला,डोल्पालगायतका जिल्लाहरुमा अल्लो संरक्षण,प्रवर्धन,प्रशोधन र तयारी वस्तुको उत्पादन गरिने छ ।
ड्ड प्रदेशमा औद्योगिक प्राविधिक शिक्षालय स्थापना गरिने छ ।

५. पर्यटन
‘समृद्धि र दीगो विकासको आधारः ः पर्यटन क्षेत्रको प्रवद्र्धन र विस्तार’

ड्ड प्रदेश स्तरिय पर्यटन बोर्ड गठन गरी प्रदेश स्तरीय पर्यटन गुरु योजना तयार गरि योजनाबद्ध रुपमा कार्यान्वयन गरिने छ ।
ड्ड छ नंबर प्रदेशलाई ‘पर्यटक मैत्री प्रदेश’को रुपमा विकास गरिने छ ।
ड्ड प्रदेशका मुख्य मुख्य पर्यटक गन्तब्य स्थलहरुको डकुमेन्ट्री तयार गरि सूचना सञ्जाल देश विदेशमा विस्तार गरिनेछ ।
ड्ड सुर्खेत काक्रे विहारदेखि राराताल हुदै कैलास दर्शनसम्मको पर्यटकीय कोरिडोर निर्माण गरि प्रदेशलाइ प्राकृतिक पूर्णता, सांस्कृतिक आधिकारिता, अध्यात्मिक सम्मान, सामाजिक सद्भाव र शुद्ध जीवनबाट माथि उठेको पर्यटन गन्तब्य स्थलको विकास गरिने छ ।
ड्ड राष्ट्रियस्तरको ‘द गे्रट हिमालयन ट्रेल’ अवधारणाअन्तर्गत पर्वतीय एवं उच्च पहाडी ग्रामीण पर्यटन प्रवद्र्धन पूर्वाधार विकासकालागि पुष्पलालमध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गसंग अन्तरसम्बन्ध स्थापना हुने गरि नयां पदमार्गको निर्माण, पदयात्रा प्रणालीको विकास, बस टर्मिनल, विश्रामस्थल, शौचालय, पार्क एवं भोजन गृह निर्माण कार्य अघि बढाइने छ ।
ड्ड पर्यटन क्षेत्रको अन्तराष्ट्रिय मापदण्डअनुरुप विस्तार, विकास र ब्यवस्थापनका लागि होटेल व्यवस्थापन, पर्यटन तथा यात्रा व्यवस्थापन र आतिथ्यता व्यवस्थापन विषयमा स्नातक एवं स्नातकोत्तर तहमा अध्ययन अनुसन्धान गर्ने कलेजको स्थापना गरिने छ ।
ड्ड प्रदेशका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरुको खोज, अन्वेषण, संरक्षण, सम्बर्धन गर्दै ठूला एैतिहांसिक तथा धार्मिक स्थलहरुमा ट्रस्ट निर्माण गरी पर्यटन प्रबर्धनसम्बन्धि कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड प्रत्येक पर्यटन क्षेत्रमा स्थानीय सांस्कृतिक केन्द्र तथा सङग्रहालय निर्माण गरिने छ ।
ड्ड स्थानीय समुदायको सहभागिता र सक्रियतामा प्रदेशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा सडक विस्तार, पदयात्रामार्ग, पुल पुलेसा, रोपवे, हेलिप्याड, विमानस्थल सुधार, स्तरोन्नति तथा विस्तार र होमस्टे कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिने छ ।
ड्ड हुम्लाको लिमि उपत्यका, मुगुको राराताल क्षेत्र, डोल्पाको अपर डोल्पो र फोक्सुण्डो ताल क्षेत्र, सल्यानको कुपिण्डे ताल र फलाबाङ दरबार क्षेत्र, दैेलेखको तल्लो डुङेस्वर, द्धारीे झर्ना, भैरवी झर्ना, सुर्खेतको भेरी कर्णाली दोभान घाटगाउं क्षेत्र र रुकुमको रुकुमकोट कमलदह, स्र्यापू दह क्षेत्र, कालीकोटको पँचाल झर्ना, सिस्ने, काञ्जिरोवा, पातराशी, सैपाल, पुथा हिमाल र विभिन्न निकुञ्ज एवं आरक्षण क्षेत्रको संरक्षण, विकास, विस्तार र प्रबद्र्धन गरिने छ ।
ड्ड प्रदेश नंबर ६ का रुकुम, कालिकोट लगायतका जिल्लाहरुमा युद्ध पर्यटनको विकास गरिने छ ।
ड्ड प्रदेशका संभाव्य स्थानहरुमा पर्या पर्यटनलाई प्राथमिकता दिएर विकास गरिने छ ।
ड्ड सुर्खेतको देउती बज्यै, दैलेखको ज्वाला पन्चकोशी क्षेत्र, जुम्लाको चन्दन्नाथ, कनका सुन्दरी, ठाकुरज्यू, मुगुको छायानाथ र ऋणमोक्ष, हुम्ला कैलास दर्शन, रेलिङ गुम्बा, रिजलिङ गुम्बा, सल्यानको खैराबाङ, छायाक्षेत्र, जाजरकोट पैकमष्टा, रुकुमको साईकुमारी, विजेश्वरी, डोल्पाको त्रिपुरासुन्दरी, यात्सेर गुम्बा, कालिकोटको बडी मालिका र चुली मालिका लगायतका क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रुपमा प्रवद्र्धन गरिने छ ।
ड्ड साहसिक पर्यटकको पहिचान र विकासको माध्यमबाट प्रदेशको युवा जनशक्ति पर्यटन विकासको मुख्य बाहकको रुपमा स्थपित गरिने छ ।
ड्ड प्रदेश स्तरिय बृहत् ‘प्रदेश पर्यटन सर्किट’ निर्माण गरिने छ ।
ड्ड प्रदेशका उपयुक्त स्थानहरुलाई ज्यचकभ त्चभपपष्लन च्यगतभ र ज्गलतष्लन त्यगचष्कm को रुपमा निर्माण गरिने छ ।
ड्ड पर्यटकीय क्षेत्रमा आइपर्ने विपत्ति तथा प्रकोप व्यवस्थापनका लागि संकट व्यवस्थापन समन्वय समिति गठन, आकस्मिक राहत उद्धार केन्द्र निर्माण, आवश्यक सुरक्षा, सञ्चार तथा आवश्यक स्वास्थ्य सुविधाकोे ब्यवस्था र उत्तर दक्षिण सिमाका प्रमुख पर्यटकीय नाकाहरुमा पर्यटन सहयोग केन्द्र स्थापना गरिने छ ।
ड्ड प्रदेशका सम्भाव्य विभिन्न स्थलहरुमा प्याराग्लाइडिङ शुरु गरिने छ ।
ड्ड नेपालकैै ठूला र गहिरा ताल लगायत दर्जनौं तालतलैया अवस्थित प्रदेश भएको हुंदा ‘ताल संरक्षण तथा जलाधार क्षेत्र विकास बोर्ड’ स्थपना गर्न पहल गरिने छ ।
ड्ड रारा तालक्षेत्र, शे फोक्सुण्डो लगायत महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पूर्वाधार विकास गर्दा पर्यावरणीय मैत्री तथा प्रदुषणरहित पर्यटन विकासमा जोड दिइने छ । रारा ताल र फोक्सुण्डो ताल पर्यटन विकास बोर्ड साथै स्यार्पु र कुपिण्डे ताल पर्यटन विकास समिति गठन गरि पर्यटन विकासमा ध्यान दिईने छ ।

६. ऊर्जा  ‘जलविद्युतको उत्पादन र विकास ः प्रदेश ६ को आर्थिक समृद्धिको आधार’

ड्ड प्रदेशका सबै घरमा विजुली पु¥याउने र छ नंबर प्रदेशलाई ‘उज्यालो प्रदेश’को रुपमा स्थापित गरिने छ ।
ड्ड यस प्रदेशमा हालसम्म संचालनमा रहेका जिल्ला सदरमुकाम तथा गाउँमा संचालनमा रहेका साना जलविद्युत आयोजनहरूको मर्मत सुधार एवं क्षमता विस्तार गरी विधुत आपूर्तिको कार्यलाई भर पर्दो बनाइने छ ।
ड्ड जाजरकोटको नलसिंगाड जलविद्युत आयोजनलाई यस प्रदेशका जनताको प्रत्यक्ष सहभागिता र लगानीमा यथासिघ्र सम्पन्न गरीने छ ।
ड्ड माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई “स्थानीय मैत्री” बनाई कार्यान्वयनलाई प्रभावकारी बनाइने छ ।
ड्ड राष्ट्रिय महत्वको भेरी–ववई डाइभर्सन बहुउद्देश्यिय आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न तदारुकता देखाइने छ ।
ड्ड माथिल्लो कर्णाली, नलसिंगाडलगायत आयोजनाबाट उत्पादित विद्युतलाई प्रस्तावित ४०० के.भी. कोहलपुरदेखि सुर्खेत हुदै जुम्लासम्म पु¥याउने र सुर्खेतदेखि कोहलपुरसम्म करीव १०० कि.मि. लम्वाइको प्रशारण लाइनलाई आयोजना स्थलसम्म पु¥याईने छ ।
ड्ड निजी तथा सामुदायिक साझेदारी (पिपिपि) मोडेलवाट जलविद्यतु उत्पादन कार्यलाई प्राथमिकता दिइने छ ।
ड्ड ठूला जलविद्युत आयोजनाहरूमा वैदेशिक लगानी मैत्री वातावरण वनाई दुई पक्षीय तथा वहुपक्षीय लगानी गर्ने वातावरण मिलाउन प्रदेशले पहल गरिने छ ।
ड्ड सानी भेरी विद्युत (२१० मेगावाट), ठूली भेरी (४०० मेगावाट), तिला हाईड्रो पावर प्रोजेक्टलगायतका आयोजनाहरु सिघ्र अघि बढाईने छ ।
ड्ड साना तथा मझौला खालको जलविद्युुत आयोजनाहरू स्थानीय स्तरमा जनता, स्थानीय तह र संघ संस्थाहरुलाई सहभागी बनाईने छ ।
ड्ड उत्पादित जलविद्युुतको उपभोग वितरणमा सुनिश्चितता हुनुका साथै उत्पादित विद्युतको विक्रीका लागि वजार सुनिश्चित गर्न पहल गरिने छ ।
ड्ड यस प्रदेशबाट उत्पादित जलविद्युतलाई तिब्बततर्फ प्रसारण लाइन विस्तार गरी विद्युत बिक्री गर्न पहल गरिने छ ।
ड्ड जलविद्युतसम्बन्धी अन्तराष्ट्रिय मान्यताअनुसार यस प्रदेशमा उत्पादित जल विद्युतको रोयल्टीको सुनिश्चितता गरिने छ ।
ड्ड जलद्यिुतको संभावना नरहेका गाउँ वस्तीहरूमा उपयुक्त खालको नवीकरणीय उर्जाको स्रोतहरू पहिचान गरी यसको विकास गरिने छ ।

७. कृषि तथा पशुपञ्छी विकास
खाद्य सम्प्रभूता सहितको खाद्यअधिकार ः कृषि र वनश्रोत समृद्धिको पुर्वाधार !
विकासमा श्रृजनशीलता ः सवै क्षेत्रमाआत्मनिर्भरता !
कृषिमा सम्मानजनक रोजगारी ः अन्त्य गरौं चरम भोकमरी !

ड्ड कृषिको आधुनिकिकरण र व्यवसायीकरणको लागि उच्च कृषि प्रविधिको प्रयोग, उन्नत विउ, सुधारिएको पशु नश्ल र स्वस्थकर पशु आहारको विकास गरिने छ ।
ड्ड कृषि संस्कार तथा संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्दै प्रदेशलाई खाद्य सम्प्रभूता तथा खाद्यअधिकार सहितको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नकालागि दिगो र आत्मनिर्भर कृषितथा पशुपञ्छी विकासद्वारा यस प्रदेशलाई आवश्यक्तानुसार विशिष्टिकृत, प्रतिष्पर्धी र आत्मनिर्भर बनाइने छ ।
ड्ड सवै जिल्लाहरुमा कृषि, पशुपञ्छी तथा वनजन्य उद्यमको प्रवद्र्धन गरिने छ ।
ड्ड गुणस्तरीय कृषि तथा पशुपञ्छीको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै प्रदेशलाई खाद्यमा आत्मनिर्भर वनाइने छ ।
ड्ड कृषिमा प्रयोग गरिएको सम्पूर्ण भूमीको कम्तीमा पनि ८० प्रतिशत भूमीमा सिंचाई सुविधा उपलव्ध गराई आत्मनिर्भर तथा व्यावसायिक र प्राँगारिक कृषि प्रणालीको विकास गरिने छ ।
ड्ड उत्पादन संभावना तथा तुलनात्मक लाभका क्षेत्रमा पकेट क्षेत्रको विकास र विस्तार गरी फलफूल, तरकारी खेती र पशुपञ्छी पालन, विउविजन उत्पादन, माछापालन, मौरीपालन, अन्न खेतीलाई उत्पादक, व्यावसायिक र प्रतिस्पर्धी बनाई निर्यात प्रवद्र्धन गरिने छ ।
ड्ड यस प्रदेशको ६० प्रतिशतभन्दा वढी कृषियोग्य भूमी हालसम्म पनि बाँझो रहेकोले उक्त भूमीलाई कृषि उत्पादनमा ल्याई प्रांगारिक खेतीको प्रवद्र्धन गरिने छ ।
ड्ड २० वर्षसम्म अविच्छिन्न कृषि उत्पादनकर्ममा लागेका र ६५ वर्ष उमेर पुगेको कृषकलाई निबृत्तिभरणको व्यवस्था गरिने छ ।
ड्ड आफ्नो परिवारको आवश्यक्ताभन्दा वढी खाद्यान्न उत्पादनगर्ने कृषक परिवारलाई विशेष आर्थिक प्रोत्साहन गरिने छ ।
ड्ड कृषि वाली तथा पशु बिमाको व्यवस्था गरिने छ ।
ड्ड वैज्ञानिक भूउपयोग नीति अवलम्वन गरी कृषि भूमि वा अन्य उत्पादनशील क्षेत्रको अरु प्रयोजनमा प्रयोग गर्न निषेध गरिने छ ।
ड्ड न्यूनतम व्याजदरमा विनाधितो कृषि, पशु तथा कृषि उद्यम ऋणको व्यवस्था गरिने छ ।
ड्ड जंगलमा पाइने पशुु तथा पन्छीको अध्ययन,अनुुसन्धान,संरक्षण र प्रवर्धन गरी वातावरण अनुुकुलता गरिनुकासाथै वर्ड टुुरिजम र हन्टिङ् टुुरिजमलाई प्रवर्धन तथा व्यवस्थित ।
ड्ड हरेक स्थानीय तहको केन्द्रमा पर्ने गरी कम्तीमा पनि एक कृषि उत्पादन बजारको व्यवस्था गरिने छ ।
ड्ड प्रांगारिक खेतीलाइ प्रवद्र्धन गर्न गोठ सुधार तथा कम्पोष्ट मल उत्पादनका लागि हरेक कृषक परिवारलाई लगातार तीन वर्षसम्म वार्षिक अनुदानको व्यवस्था गरिने छ ।
ड्ड कृषिमा एकिकृत शत्रु जीव व्यवस्थापन प्रविधिको प्रयोगलाई विस्तार गरिनेछ । यसका लागि अविच्छिन्न वैज्ञानिक अध्ययन तथा अनुसन्धानको माध्यमवाट नविनतम प्रविधि, सीप र ज्ञानको विकास गरी कृषक पाठशालाको विस्तार गरिने छ ।
ड्ड प्रत्येक जिल्लामा कम्तिमा पनि एउटा क्षमतायुक्त शीतभण्डार ९ऋयमि कतयचभ० को व्यवस्था गरिने छ ।
ड्ड जुम्लाले घोषणा गरेको ‘अर्गानिक जिल्ला’लाई प्रोत्साहन गर्दै अन्य जिल्ला तथा स्थानीय तहहरुलाई पनि ‘अर्गानिक’ घोषणा गर्दै जाने काम गरिने छ ।
ड्ड प्रदेशमा हाल सञ्चालित कृषि तथा पशु फर्महरुलाई आधुनिक कृषि तथा पशु अनुसन्धान केन्द्रको रुपमा विकास गरिने छ । साथै प्रदेश स्तरीय कृषि अनुसन्धान परिषद स्थापना गरिने छ ।
ड्ड प्रदेश ६ का सबै जिल्लाहरुमा अर्गानिक खेति अर्गेनिक खेतिलाई प्रवद्र्धन गरिनुका साथै अलैचीं, टिमुर, महको उत्पादन र प्रवद्र्धनमा विशेष जोड दिईने छ ।
ड्ड कृषिलाई हरित क्रान्तिको अभियानसँग जोडिने छ ।
ड्ड सानी भेरी तटबन्ध कार्यक्रम, शारदा नदी लगायतका नदीहरुमा तटबन्धको व्यबस्थाल गर्न जोड दिइने छ ।

वन विकाससम्वन्धि नीति तथा कार्यक्रमहरु
ड्ड सवै जिल्लामा वन तथा जैविक विविधताको विकासका लागि सघन एवं विविधतायुक्त वनश्रोत, विशिष्टीकृत जैविक विविधता, समृद्ध जलाधार र उद्यमशीलताउन्मुख वन क्षेत्रको स्थापना गरिने छ ।
ड्ड वनश्रोत, वनस्पती, जडीबुटी, सुगन्ध दिनेवाला वनस्पती, वन्यजन्तु, जैविक विविधता र जलाधार क्षेत्रको समुचित संरक्षण, सम्वर्धन, प्रवद्र्धन र सदुपयोगद्वारा पारिस्थितिकीय प्रणालीहरु ९भअययिनष्अब िकथकतझक० विच संतुलन कायम गर्दै उपयुक्त रोजगारी श्रृजना गरी स्थानीय जनताको जीविकोपार्जनमा गुणात्मक सुधार गर्ने कार्यक्रमहरु लागू गरिने छ ।
ड्ड सबै प्रकारका वनहरूमा आन्तरिक पर्या–पर्यटन प्रवद्र्धन गर्न जैविक विविधता र सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकता दिइने छ ।
ड्ड भिरालो जग्गालाई सुधार गरी खेतीगर्न योग्य बनाउन गह्रा सुधार कार्यक्रमलाई निरन्तरता दिदै विस्तार गरिने छ ।
ड्ड विपन्नमुखी आयमूलक, रोजगारमूलक तथा जीविकोपार्जन सुधारसम्बन्धी कार्यक्रमहरू सबै जिल्लाका सबै प्रकारका वन व्यवस्थापन प्रणालीमा कार्यान्वयन गरिने छ ।
ड्ड प्रदेशमा बन अध्ययन संस्थान स्थापना गरिने छ ।
वातावरणीय विकाससम्वन्धी नीति तथा कार्यक्रमहरु
ड्ड वातावरणीय सन्तुलन कायम गर्दै, विपद तथा जलवायु परिवर्तनका प्रभावहरुलाई न्यूनीकरण गरी वर्तमान नागरिक तथा भविष्यका सन्ततीलाई सुरक्षा प्रदान गर्न दिगो विकास कार्यक्रमलाई प्रवद्र्धन गरिने छ ।
ड्ड हरित अर्थतन्त्रको विकाससम्बन्धी कार्यक्रमलाई आर्थिक तथा भौतिक विकासका सवै क्रियाकलापमा आन्तरिकीकरण गरी समावेश गरिने छ ।
ड्ड सवै प्रकारका विपदबाट हुने मानवीय, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय क्षतीको न्यूनीकरण गरी स्वच्छ र स्वस्थवातावरणको निर्माण गरिने छ ।
ड्ड जलवायु परिवर्तनको असर कम गर्न जलवायु लगानीलाई प्रादेशिक बजेट प्रणालीमा समाहित गरी स्थानीय तहमा जलवायु अनुकुलनका कार्यक्रमहरु संचालन गरिने छ ।
ड्ड “प्रदूषकले प्रदुषण गरेवापत प्रदुषण कर तिर्नुपर्छ” भन्ने सिद्धान्त लागु गर्न प्रदेश तहमा आवश्यक संयन्त्रको विकास गरी कार्यान्वयन गरिने छ ।
ड्ड वातावरण र जलवायु परिवर्तनका क्रियाकलापमा दातृ निकाय, गैरसरकारी संस्था, स्थानीय तह, सामुदायिक संस्था एवम् अन्य सरोकारवालाहरू बीच समन्वय र साझेदारी गरी कार्यक्रमको परिमाणात्मक तथा गुणात्मक प्रभावकारिता वढाइने छ ।
ड्ड प्रदेशको कृषि, पशुपञ्छी, वन र वातावरणलगायत अन्य क्षेत्रको विकासलाई निरन्तर सहयोग गर्न प्रदेश तहमा एक एकिकृत सूचना तथा संचार प्रणालीको स्थापना गरी कार्यान्वयनमा ल्याईने छ ।
८. जडिबुटी
‘प्रदेश नंबर ६ को गौरव ः जडिबुटी, जलश्रोत, कृषि र पर्यटनको हब !
ड्ड यो प्रदेशमा रहेका यार्सागुम्वा, गुच्ची च्याउ, पाँचऔले, जटामासी, पदमचाल्लो, चिराइतो, सतुवा, सुगन्धवाला, अत्तिस, कटुकी, सिलाजितआदि बहुमुल्य जडिबुटीलगायतका सम्पदाहरुको उत्पादन, संरक्षण, संवर्धन, प्रबद्र्धन, व्यबस्थापन, सदुपयोग र बजारीकरण गरिने छ ।
ड्ड उपलब्ध जडिबटीहरुको अधिकतम लाभ प्राप्त हुने गरी तिनीहरुको उपयोग र अनुसन्धानका साथै प्रकृतिको गर्भमा रहेका पहिचान हुन नसकेका जडिबुटीहरुको खोज र अनुसन्धान गरी तिनीहरुको पनि उपयुक्त व्यबस्थापन र सदुपयोग गरिने छ ।

९. शिक्षा तथा खेलकुद
‘प्रदेशको दृढ आकाँक्षा ः गुणस्तरीय र व्यबहारिक शिक्षा’
ड्ड मध्यपश्चिमाञ्चल विश्व विध्यालयलाई सुविधासम्पन्न, गुणस्तरिय, प्रतिस्पर्धि र प्राविधिक उच्च शिक्षाको केन्द्रको रुपमा विकास गरिने छ ।
ड्ड प्रदेशका सबै जिल्लामा मध्यपश्चिमाञ्चल विश्व विध्यालयका कम्तिमा एक एकवटा आंगिक क्याम्पसको रुपमा स्थापना गरिने छ ।
ड्ड प्रदेशमा उच्च शिक्षालाई प्राथमिकता दिईने छ ।
ड्ड जुम्लास्थित हाल सञ्चालित ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सुविधासम्पन्न, गुणस्तरिय र प्रतिस्पर्धि बनाई विभिन्न जिल्लामा सेवा विस्तार गरिने छ ।
ड्ड एमाले नेतृत्वको सरकारले सुर्खेतमा स्थापना गर्ने घोषणा गरेको मेडिकल कलेज तत्काल स्थापना गर्न पहल गरिने छ ।
ड्ड प्रत्येक जिल्लाका प्रादेशिक निर्वाचन क्षेत्रमा विज्ञान विषयका एक एकवटा नमूना उच्च मावि स्थापना गरिने छ । यसका साथै हिमाली जिल्लाहरुमा त्यस्ता विध्यालयहरु आवासिय रुपमा सञ्चालन गरिने छ ।
ड्ड प्रदेशलाई यथासिघ्र ‘पूर्ण साक्षर प्रदेश’ घोषणा गरिने छ ।
ड्ड प्रदेशमा सञ्चालित सामुदायिक क्याम्पसहरुलाई व्यबस्थित गरिने छ ।
ड्ड विद्यालय स्तरको शिक्षाको गुणस्तर सुधार गर्दै प्राविधिक तथा ब्यावसायिक शिक्षामा जोड दिईने छ ।
ड्ड प्रदेशका गरिव, जेहेन्दार, महिला, दलित, अल्पसंख्यक समुदायका विधार्थीहरूलाई उच्च शिक्षा विशेषगरी प्राविधिक विषयहरुमा आवश्यक छात्रवृत्तिको व्यवस्था गरिने छ ।
ड्ड जुम्लामा स्थापित कर्णाली प्राविधिक शिक्षालयलाई सुविधासम्पन्न र गुणस्तरिय बनाईने छ ।
ड्ड सल्यानमा स्थापना गरिने सहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय तत्काल स्थापना गरी सञ्चालन गरिने छ ।
ड्ड राष्ट्रिय स्तरको खेलको आयोजना गर्नेगरी सुर्खेतमा कभर्ड हल स्थापना गरिने छ ।
ड्ड प्रदेशका सबै जिल्लामा कभर्ड हल र रंगशाला निर्माण गरिने छ ।
ड्ड प्रदेशका उत्कृष्ट खेलाडीहरुको पहिचान गरी क्षेत्रीय एवं राष्ट्रिय खेलहरु खेल्ने अवसरको सिर्जना गर्नुका साथै खेलाडीहरुको क्षमता विकासका लागि प्रशिक्षण एवं आवश्यक सुविधा उपलब्ध गराइने छ ।

१०. स्वास्थ्य
ड्ड हालको मध्यपश्चिमाञ्चल अस्पताललाई सुविधासम्पन्न, स्तरयुक्त, जनशक्ति र साधन श्रोतसहितको अस्पतालको रुपमा विकास गरिने छ ।
ड्ड प्रदेशका सबै जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई स्तर बृद्धि गरि जनशक्ति र साधन श्रोतसम्पन्न गरिने छ ।
ड्ड हालको अञ्चल आयुर्वेदीक अस्पताललाई सैयासहितको अस्पतालको रुपमा विकास गरिने छ ।
ड्ड समय समयमा विभिन्न स्थानहरुमा घुम्ति स्वास्थ्य शिविरहरु सञ्चालन गरिने छ ।
ड्ड जिल्लाहरुमा टेलि मेडिसिन प्रणालीको विकास गरिने छ ।
ड्ड स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि तथा भौतिक अवस्थामा सुधार गरि थप जनशक्ति र उपकरणहरूको व्यवस्था गरिने छ ।
ड्ड प्रदेशका गर्भवति महिला र बालबालिकाहरुलाई पोषण सेवा दिईने छ ।

११. भाषा, साहित्य, कला र संस्कृति
‘भाषा, साहित्य, कला र संस्कृति ः प्रदेश नम्बर छको समृद्धि’

ड्ड सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनको गुरु योजना निर्माण गरिने छ ।
ड्ड छुवाछुत तथा सबैखाले भेदभाव अन्त्य गरिने छ ।
ड्ड लोपोन्मुख तथा संकटापन्न अवस्थामा रहेका राजी, माझी, कुसुन्डा, बोटे, लामा, भोटे, राउटेलगायत जनजातिका आआफ्ना भाषा संस्कृति संरक्षण र संबद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड नेपाली भाषा, खस भाषा तथा सिन्जा सभ्यतासंबन्धी अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धन गरिने छ । सिंजामा खस भाषा संस्कृतिसंबन्धि अध्ययन अनुसन्धान केन्द्र तथा संहग्रहालय स्थापना गरिने छ ।
ड्ड प्रदेशमा बोलिने भाषा, लिपि, पाठ्यक्रम तथा साहित्य विकासका लागि विषेश जोड दिइने छ ।
ड्ड लोक कला संग्राहलयको स्थापना गरिने छ ।
ड्ड पैस्यारु, नचारु, वनगारी, सतिकलसाको नाटकलगायतका लागि विषेश सहयोग गरिने छ ।
ड्ड स्थानीय आवश्यकताका आधारमा भाषा, साहित्य, कला तथा संस्कृतिका परियोजनालाई प्राथमिकता दिईने छ ।
ड्ड प्रज्ञा प्रतिष्ठान, नाटक प्रष्ठिान तथा संस्कृति प्रतिष्ठान लगायतका प्रतिष्ठानको स्थापना गरिने छ ।

१२. सुशासन
‘सम्वृद्ध ६ नं प्रदेशको आधार ः पारदर्शी, व्यवसायिक, जवाफदेही र भ्रष्टाचारमुक्त प्रदेश तथा स्थानीय सरकार’
ड्ड प्रशासनिक सेवालाई सरल, सुलभ र जनमुखी बनाईने छ ।
ड्ड प्रशासनिक र विकास दुवै बजेट र खर्चको जनलेखा, परीक्षण गरिने छ ।
ड्ड प्रशासकीय तथा वित्तिय सुशासन र शान्ति सुरक्षा एवं न्याय व्यबस्था गरिने छ ।
ड्ड सबै क्षेत्रमा भ्रष्टाचारमुक्त सेवा प्रणालीको निर्माण र कार्यान्वयन गरिने छ ।
ड्ड संविधानप्रदत्त मौलिकअधिकार र मानबअधिकारको प्रत्याभूति गरिने छ ।
१३. सञ्चार
ड्ड छापा, श्रव्य दृश्य तथा विद्युतिय सञ्चार माध्यमहरुका प्रदेश स्तरिय संरचना निर्माण गरिने छ ।
ड्ड हाल सञ्चालित सञ्चार माध्यमहरुको क्षमता र स्तर वृद्धि गर्नमा सहयोग गरिने छ ।
ड्ड सञ्चार माध्यमहरु र सञ्चारकर्मीको सुरक्षित, व्यावसायिक, जनमुखी, विकासमैत्री तथा प्रविधियुक्त बनाइने छ ।

१४. नीजि तथा गैरसरकारी क्षेत्र
ड्ड प्रदेशको समग्र विकासमा टेवा पु¥याउनका लागि यस प्रदेशका नीजि क्षेत्रलाई एक साथ अघि बढाउने नीति लिईने छ ।
ड्ड प्रदेश स्तरमा गैर सरकारी ऐन बनाउन पहल गरिने छ ।
ड्ड यस प्रदेशमा कार्यरत राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थाहरुको कार्यशैली सधार गर्ने तिनीहरुको संरक्षण र संबद्र्धन गर्दै प्रदेशको विकासको साझेदारका रुपमा अगाडि बढाईने छ ।

निष्कर्ष
यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात गर्दै चुनौतिलाई अवसरको रुपमा उपयोग गरेर विकासको ‘मोडालिटी’ बनाउन सकेमा त्यसलाई संभावनामा परिणत गर्न सकिन्छ । हामीले पार्टीको तर्फबाट प्रदेशको विकास र समृद्धिका लागि विकासको सुव्यबस्थित रणनीतिक योजना (च्यबमmबउ) बनाउन जरुरी थियो । प्रदेशमा उपलब्ध श्रोत साधन र सम्पदाहरुलाई सदुपयोग र व्यबस्थापन गरी समृद्ध प्रदेशको निर्माण गर्न सकिनेमा हाम्रो पार्टी विश्स्त रहेको छ ।
यस्तो विकासको मार्गचित्र नेकपा (एमाले)ले मात्र बनाउन सक्ने यथार्थतालाई ध्यानमा राखेर नेकपा (एमाले) प्रदेश नंबर छ प्रदेश कमिटीको पहलमा प्रदेशको समग्र विकास र समृद्धिको मार्गचित्र अघि सारिएको छ । संविधान र संघियताका साथै अब पार्टीद्वारा पारित यो घोषणापत्र कार्यान्वयनको गुरुत्वर जिम्मेवारी नेकपा (एमाले)को काँधमा छ । हामी हाम्रो सुन्दर र राम्रो प्रदेशको समग्र विकास र समृद्धिको कार्यभार पूरा गर्न संकल्पवद्ध छौं ।
पत्रकार सम्मेलनमा प्रस्तुत रोडम्यापको प्रस्तावना

प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार ०४:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *