सुर्खेत,११ पुष ।
मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले नेपाल प्रहरी मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्न सधै तत्पर रहेको वताउनु भएको छ ।
राष्टिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगंजले सुर्खेतको वीरेन्दनगरमा गरेको मानव अधिकार सम्वन्धी सम्मेलनमा उहाँले प्रहरी मानव अधिकारको सधै सम्मान गदै आएको उल्लेख गर्नुभयो ।
मानव अधिकारप्रति प्रहरी सधै सचेत र जिम्मेवार रहेको भन्दै उहाँले मानव अधिकारको संरक्षण र सम्वद्धनको लागि आफु कटिवद्ध भएर लागेको पनि बताउनु भयो ।
डिआइजी नेपालले मानव अधिकारप्रति सचेत र जिम्मेवार भएकै कारण नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, प्रत्येक प्रहरी कार्यालयमा छुटटै महिला सेलको स्थापना गरेको उल्लेख गर्नुभयो ।
उहाँले मानव अधिकारवारे धेरैलाई जानकारी नभएकोले गाँउ गाउँमा अधिकार सम्वन्धी चेतनामुलक अभियानहरु समेत संचालन गर्न सरोकारवाला निकायलाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा राष्टिय मानव अधिकार आयोगको क्षेत्रीत्र कार्यालयका प्रमुम मुरारीप्रसाद खरेलले मानव अधिकार सम्वन्धी राष्टिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि राज्यका सवै जिम्मेवार निकायहरु सचेत हुनुपर्ने बताउनु भयो ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक ललितजंग शाहीले मानव अधिकारलाई विकाससगँ जोडेर हेनु पर्ने उल्लेख गर्नुभयो ।