मध्यपश्चिमा अवैध हतियार विरुद्ध प्रहरीको बिषेश अभियान

1सुर्खेत, २० पुस ।
नेपाल प्रहरीले मध्यपश्चिम क्षेत्रमा अवैध हतियार विरुद्ध बिषेश अभियान संचालन गरेको छ ।
अपराधिक क्रियाकलाप नियन्त्रण गदै जनतालाई शान्ति सुरक्षाको पुर्ण प्रत्याभुति गराउने उदेश्यले अवैध हतियार विरुद्ध बिषेश अभियान संचालन गरेको प्रहरीले जनाएको छ ।
बिषेश अभियान संचालनपछि ६ महिनामा अत्याधुनिक लगायतका ३६ वटा अवैध हतियार वरामद गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जुम्लाको चन्दननाथ मन्दिरवाट चोरी भएका मुर्तिहरु खोज तलास गर्ने क्रममा प्रहरीले अवैध हतियार बरामद गरेको थियो ।
मुर्तिहरु खोज्ने क्रममा जुम्लावाट २ थान एसएलआर र ६ वटा पेस्तोल बरामद गरेको क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपालले बताउनु भयो ।
गत साउनदेखि पुष १५ गतेसम्म साना ठुला गरी ३६ वटा अवैध हतियार बरामद गरेको कार्यालयले बताएको छ ।
अभियानको क्रममा प्रहरीले मध्यपश्चिमका विभिन्न जिल्लावाट एसएमजी, एसएलआर, एअरगन, पेस्तोल र भरुवा वन्दुक बरामद गरिएको डिआइजी नेपालले बताउनु भयो ।
६ महिनाको अवधिमा २० वटा भरुवा वन्दुक, १० वटा पेस्तोल, २ वटा यअर गन,३ वटा एसएलआर र एउटा एसएमजी बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
अवैध हतियारको कारण अपराधिक घटना हुने भएकोले त्यसलाई रोक्नको  लागि एक वर्षदेखि प्रहरीले मध्यपश्चिममा विशेष अभियान चलाएको डिआइजी नेपालले उल्लेख गर्नुभयो ।
यो ६ महिनामा भने जुम्लावाट एउटा एमएमजी, ३ वटा एसएलआर, ८ वटा पेस्तोल र एउटा भरुवा बन्दुक  प्रहरीले वरामद गरेको छ ।
बर्दियाबाट २  वटा एअर गन, २ वटा पेस्तोल, दाडवाट एउटा पेस्तोल बरामद भएका छन । ६ महिनामा रोल्पावाट ९ थान भरुवा बन्दुक बरामद गरिएको छ भने सल्यान, दाड, कालिकोट, सुर्खेत, दैलेख लगायतका जिल्लाहरुवाट एक÷एक थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
गएको आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीले ५७ वटा अवैध हतियार वरामद गरेको थियो । गएको वर्ष ३१ थान भरुवा बन्दुक, १२ वटा कटुवा पेस्तोल, ९ वटा रिभलवर, ४ वटा थ्री नर थ्री राइफल र एउटा एअर गन प्रक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले बताएको छ ।
६ महिनामा अवैध हतियार राख्ने र ओसार पसारमा संलग्न ३१ जनालाई प्रक्राउ गरिएको छ । गतवर्ष एक जना महिला र ६४ जना पुरुष गरी ६५ जनालाई प्रक्राउ गरी कानुनी कारवाही गरिएको डिआइजी नेपालले बताउनु भयो ।
डिआइजी नेपालले मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुखको जिम्मेवारी समालेको एक वर्षको अवधिमा प्रहरीले यस क्षेत्रका विभिन्न जिल्लावाट ७६ वटा अवधै हतियार बरामद गरेको छ । डिआइजी नेपालले मध्यपश्चिम क्षेत्रको नेतृत्व समाले लगत्तै अवैध हतियार, लागु औषध, तस्करी, अवराधिक गतिविधी विरुद्ध बिशेष अभियान नै संचालन गर्नु भएको थियो ।
अभियानपछि मध्यपश्चिम क्षेत्रमा अराधिक गतिविधी घटनुको साथै जनतालाई शान्ति सुरक्षाको पुर्ण प्रत्याभुति गराउन सफल भएको प्रहरीले दावी गरेको छ ।

प्रकाशित मितिः २० पुष २०७३, बुधबार १५:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *