कायापलट अस्पतालको कथा

अस्पताल निरीक्षणको क्रममा क्षेत्रीय अस्पतालमा उपचार गरिरहनु भएका बीरेन्द्रनगर २ का ७४ वर्षिय तिलबहादुर थापाको स्वास्थ्य अवस्था बुझदै नेता खड्का

सुर्खेत, १८ माघ ।
पछिल्लो समय मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले आफनो स्वरुप फेर्न थालेको छ । स्थापना भएको १० वर्षपछि अस्पतालले आफनो मुहार फेर्न लागेको हो ।
स्थापनाको एकदशकसम्म नाम मात्रको क्षेत्रीय अस्पतालको रुपमा चलेको अस्पताल अहिले साँच्चिकैको क्षेत्रीय अस्पतालको रुपमा विकास हुँदै गएको छ । नयाँ अस्पताल विकास समिति र नयाँ मेडिकल सुपरिटेन्डेन्टको आगमनसगै अस्पतालको वर्षदिनमै रुप रंग फेरिदै गएको सवैले अनुभव गरेका छन ।
केहीसमय अघिसम्म अस्पतालको शौचालयमा नाक थुनेर जानुपर्ने अवस्था थियो । सरसफाईको अवस्था झन दयनीय थियो । अस्पतालभित्र पस्न वित्तिकै विरामी पर्ने अवस्था थियो । तर अहिले अवस्था निकै फेरिएको छ । प्रत्येक कोठमा टायल हलिएको छ । शौचालय सफा छ । पानीको पर्याप्त व्यवस्था छ । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल इच्छाशक्ति भयो भने काम गर्न गाह्रो नभएको बताउनु हुन्छ । हामी काम गर्न आएका हौ । आफनो कार्यकालमा अस्पताल गर्व गर्न लायक बनाउछौ
अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. केएन पौडेलले पनि पहिले र अहिलेको अस्पतालको स्वरुपमा आकाश पातालको फरक आएको वताउनु भयो । अस्पतालमा चौतर्फी सुधार आएपछि काम गर्ने जोश जागर र उत्साह पनि वढेको उहाँले उल्लेख गर्नूभयो ।
अस्पतालको सुधार शौचालयवाट सरसफाई अभियान थालिएको हो । अहिले त्यसलाई निरन्तरता दिएको छ । अस्पतालको वातावरण देख्न वित्तिकै विरामीको विराम पनि केही हल्का हुनुपर्छ भन्ने मान्यता हाम्रो हो, सदस्य पौडेलले भन्नुभयो ।
क्षेत्रीय अस्पतालको नयाँ नेतृत्वले अस्पतालको अवस्था सुधार्नको रातदिन काम गरिरहेको जनाएको छ । नयाँ नेतृत्वले पुरानो भवनको मर्मत सम्भार, नयाँ भवनमा ओपीडि सेवा संचालन गरेको छ । ५० वेडमा संचालन भैइरहेको अस्पताललाई अहिले ७५ वेड थपेर १ सय २५ वेडको वनाइएको छ ।
अस्पतालमा सिसीक्यामरा जडान गरिएको छ । पानीको अभाव हटाउदै वोरिङ्ग गरेर पानीको पर्याप्त व्यवस्था गरिएको छ । अस्पताल विकास समितिले आफनै स्रोतमा ३ जना विशेषज्ञ डाक्टर राखेको छ । फिजिसियन, वालरोग र हाड तथा नसारोग विशेषज्ञ राखिएको समितिका सदस्य पौडेलले जानकारी दिनुभयो ।
अहिले ४० शैयाको मेटेनरी वार्ड (सुत्केरी भएपछि सुत्केरीलाई राख्ने ठाउँ) र ३५ शैयाको जनरल वार्डको निर्माण भएको छ । महिला, वालवालिका र नवजात शिशुको लागि मेटेनरी वार्डको विस्तार गरिएको बताएको छ ।
अस्पतालले सुत्केरी भएपछि महिलालाई सरसफाई, खानपान, खोप आदिका वारेमा जानकारी दिने गर्छ । मेटेनरी वार्ड ४२ लाख ४१ हजार र जनरल वार्डको लागत ४८ लाख ८१ हजार रुपैयामा निर्माण भएको हो ।
अस्पताललाई क्षेत्रीय अस्पतालकै रुपमा विकास गर्नको लागि थप ३ सय ५० शैयाको लागि नयाँ भवन वनाउने प्रक्रिया समेत अघि वढेको छ ।अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. डम्बर खड्काले इच्छाशक्ति भए काम गर्न सकिने रहेछ भन्ने भावनाले गर्दा अस्पतालको स्वरुप फेरिएको बताउनु भयो । क्षेत्रीय अस्पतालकै रुपमा विकास गराउन आफूहरुको टिम लागेको दावी गर्दै उहाँले आवश्यक उपकरण, स्रोतसाधनहरु र जनशक्ति थप्न क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
अस्पतालमा आइसियू, एनआइसीयू सेवा संचालन गर्ने योजना छ । यस्तै सिटीस्क्यान मेसिन जडान गर्ने, अल्ट्रासाउण्ड मेसिन, अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया पनि अघि वढि सकेको जानकारी मेसु डा. खड्काले दिनुभयो । शैया बढेमा र नयाँ भवन बनेमा मेडिकल कलेज पनि संचालन गर्न सकिने पूर्वाधार हुने दावी डा. खड्काले गर्नुभयो ।
बिरामी भेटन नेता खड्का अस्पताल
काँग्रेस नेता तथा पुर्णबहादुर खड्काले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतको निरीक्षण गर्नु भएको छ ।
अस्पताल स्थापना देखिनै यसको विकास र प्रगतिको लागि सहयोग गदै आउनु भएका नेता खड्काले पछिल्लो समय अस्पतालमा भएको सुधारको प्रशंसा गर्नुभयो ।
उहाँले अस्पताल दिदै आएको सेवा सुविधाको अवस्था वारे अस्पताल प्रशासनसँग जानकारी लिनु भएको छ । पछिल्लो समय अस्पतालको परिवर्तित स्वरुप देखेर दंग पर्नु भएका नेता खड्काले विगतमा जस्तै आगामी दिनमा पनि अस्पतालको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अस्पताल निरीक्षणको क्रममा नेता खड्काले क्षेत्रीय अस्पतालमा उपचार गरिरहनु भएका बीरेन्द्रनगर २ का ७४ वर्षिय तिलबहादुर थापा लगायतका विरामीलाई भेटनु भएको थियो ।
घाँटीको क्यान्सरवाट पीडित थापा काँग्रेसका पुराना नेता समेत हुनुहुन्छ । उहाँ २०४३ सालमा वडासदस्य, २०४९ सालमा वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । नेता खड्का २०४३ सालमा वीरेन्द्रनगरको प्रधानमा निर्वाचित हुदा थापा सदस्यको चुनाव जितेको छोरा उदय थापाले बताउनु भयो ।

प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०३:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *