सुर्खेत, जाजरकोट र दैलेखका बादी र गाइने समुदायका लागि १३२५ नयाँ घर बन्दै

सुर्खेत, १८ माघ ।
जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सुर्खेत, जाजरकोट र दैलेखमा १ हजार ३ सय २५ वटा नयाँ घर निर्माण हुने भएका छन ।
सरकारले २०६६÷६७ वाट सिमान्तकृत समुदायको लागि जनता आवास कार्यक्रम संचालन गदै आएको छ ।
तराईका सप्तरी, सिराह र कपिल्वस्तु जिल्लावाट सुरु भएको यो कार्यक्रम आर्थिक वर्ष २०६८÷६९ वाट सुर्खेत, दैलेख र जाजरकोटमा लागु भएको थियो ।
यो कार्यक्रम लागु भएपछि सुर्खेतमा १ सय ८३, जाजरकोटमा ५५ र दैलेखमा ५२ वटा घर निर्माण भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जियिनर झंक थापाले बताउनु भयो ।
चालु आर्थिक वर्षमा सुर्खेतमा १ हजार ५०, जाजरकोटमा १ सय ५० र दैलेखमा १ सय २५ वटा नयाँ घर वनाउने गरी कार्यक्रम आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा गाविसहरु छनौट गरी घर नभएका विपन्न समुदायको पहिचान गर्ने काम थालिएको छ ।
जाजरकोटको एक नगरपालिकासहित २२ गाविस, सुर्खेत र दैलेख जिल्ला भरी जनता आवास कार्यक्रम अन्तर्गत बादी र गाइने समुदायको लागि घर वनाइने इन्जिनियर थापाले उल्लेख गर्नुभयो ।
घर नभएका समुदायका व्यक्तिहरुको पहिचानपछि जिल्ला स्तरीय समुन्वय समितिको सिफारिसमा आगामी चैत्र महिनादेखि घर बनाउन सुरु गर्ने डिभिजन कार्यालयका प्रमुख थम्वराज श्रेष्ठले बताउनु भयो ।
जग्गा भएर तर घर नभएका र जिर्ण  घर भएका बादी र गाईने समुदायको लागि यसपाली घर वनाउने अनि त्यसपछि भने अन्य दलित समुदायको घर बनाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
भुकुम्पको दृष्टिकोणले सुरक्षित हुने प्रविधिको प्रयोग गरी घर वनाउनु पर्ने उल्लेख गदै प्रमुख श्रेष्ठले तोकिएको मापदण्डको आधारमा २ कोठे घर निर्माणपछि मात्र सम्वन्धीत व्यक्तिले रकम पाउने स्पस्ट पार्नुभयो ।
विगतका वर्षहरुमा एउटा घर वनाउनको लागि १ लाख ९४ हजार ५ सय रुपैयासम्म दिएपनि यसपाली रकम बृद्धि भएर आउने कार्यालयले बताएको छ ।
सुर्खेतमा सासद पूर्णबहादुर खड्का, जाजरकोटमा सासद राजिवविक्रम शाह र दैलेखमा सासद कुन्तीकुमारी शाहीको संयोजकत्वमा समुन्वय समिति गठन भएको छ ।
समितिमा वढीमा २ जना सासदसहित प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समिति,  खानेपानी, मालपोत, नापी, भूमिसुधार, बन र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधी पदेन सदस्य रहेका छन ।
घर नभएका व्यक्तिहरुको पहिचान गर्नेघर नभएका विपन्न समुदायका व्यक्तिलाई नयाँ घर वनाएर सरकारले बस्ने वासको व्यवस्था मिलाएको छ ।

प्रकाशित मितिः १८ माघ २०७३, मंगलवार ०३:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *