प्रहरीको आधुनिकीकारण आवश्यक छ —महानिरीक्षक अर्याल

सुर्खेत, २५ माघ ।
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीलाई आधुनिकीकरण र प्रविधीमैत्री बनाउनु पर्नेमा जोड दिनु भएको छ
जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गदै उहाँले विज्ञान र प्रविधिको विकासको कारण नयाँ खालका अपराधिक घटनाहरु हुन थालेको त्यसलाई नियन्त्रण गर्न प्रहरीको आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो
परम्परगत अपराधिक गतिविधीमा कमी आएको भन्दै उहाँले पछिल्लो समय संगठित अपराध, अन्तरदेशिय अपराध, अन्तराष्ट्रिय अपराध र विज्ञान तथा प्रविधिको प्रयोग गरी अपराधका घटनाहरु हुने गरेको बताउनु भयो ।
प्रहरीको एक्लो प्रयासवाट मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने उल्लेख गदै महानिरीक्षक अर्यालले शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीवीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
नागरिकको विश्वास र भरोसा नै प्रहरीको सफलता भएको भन्दै उहाँले जनताप्रति उत्तरदायी भएर काम गर्न प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपालले समय र परिस्थिीत अनुसार प्रहरी सेवालाई चुस्त र प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
मध्यपश्चिम क्षेत्रमा तस्करी, गन्डागर्दी , लागु औषध नियन्त्रण सम्वन्धी विशेष अभियान नै संचालन गरेको भन्दै उहाँले जनमुखी काम गरेर मात्र जनताको विश्वास जित्न सकिने दावी गर्नुभयो ।
३ करोड ७४ लाख रुपैयाको लागतमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको कार्यालय भवन र हिरासत व्लक निर्माण भएको हो । आधुनिक सुविधा सम्पन्न भवन वनेसगै सुर्खेत प्रहरीलाई निकै सजिलो भएको छ ।

प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १५:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *