मन्त्री केसीद्वारा आयोजनाको अनुगमन

सुर्खेत, १५ फागुन ।
कर्णाली प्रदेशका भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बिमला केसीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनुगमन गर्नु भएको छ ।
आयोजनाको बस्तुस्थितिबारे जानकारी लिनको लागि आज मंगलबार आयोजनाको अनुगमन गर्नु भएको हो ।


अनुगमनका क्रममा उहाँले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्न मन्त्रालयलाई आवश्यक सल्लाह सुझाव दिन आयोजनालाई आग्रह गर्नुभयो ।
अहिले मन्त्रालयले आफनो सम्पूर्ण ध्यान कृषिका कार्यक्रमहरुलाई लक्षित किसानसम्म पुर्याउनको केन्द्रित गरिरहेको उल्लेख गदै उहाँले मन्त्रालयले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने मन्त्री परिषदको पहिलो वैठकले निर्णय गरेको पनि जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयका सचिव शिवनारायण चौधरीले मन्त्रालयका काम कारवाहीलाई बढी भन्दा बढी प्रभावकारी बनाउन आफुहरु लागि परेको बताउनु भयो ।
अनुगमनका क्रममा निमित्त आयोजना प्रमुख बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले आयोजनाले अहिलेसम्म गरेका कामहरुको बारेमा मन्त्री केसीलाई अवगत गराउनु भएको छ ।

प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार १५:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *