सुर्खेत, २४ फागुन ।
अमेरिका बस्ने एक नेपालीले मुटुरोगबाट थलिएका जाजरकोटका एक बालकलाई ५० हजार आर्थिक सहयोग गरेका छन् । मुटुमा लाग्ने बाथरोगले थलिएका जाजरकोटका १० बर्षीय दिनेश खत्रीको उपचारका लागि अमेरिकाको क्यालिफोनियामा बस्ने जाजरकोट थालारैकरका मणिराम जैशीले सहयोग गरेका हुन् ।
जैशीले पठाएको रकम पत्रकार तथा समाजसेवी प्रकाश पन्त, मध्यपश्चिम क्षेत्रीय अस्पतालका वालरोग विशेषज्ञ डा. नवराज केसी र लायन्स क्लब अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले बिहीबार सुर्खेतमा बालक खत्रीलाई हस्तान्तरण गरेका हुन् । खत्री जाजरकोटस्थित नलगाड नगरपालिका २ डाँडागाउँका हुन् । आर्थिक अभावले थलिएका बालक खत्रीले हाल काठमाडौंमा उपचार गराइरहेका छन् । सहयोग प्राप्त गरेपछि बाबु सुशील खत्रीले छोराको उपचारमा सहयोग गर्ने जैसीलाई हृदयदेखि नै धन्यवाद दिदै सहयोगले छोराको उपचारमा सहज भएको बताएका छन् ।
केही महिना अघि नागरिक कृषि सहकारी संस्था लहँ र लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले जाजरकोटको नलगागाड नगरपालिकामा २ डाँडाँगाउँको छेप्कामा बाल स्वास्थ्य शिविर गरेका थिए । शिविरमा उपचारको लागि आएका वालक खत्रीलाई मप क्षेत्रीय अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले उपचार गदै उनको मुटुमा बाथरोग देखिएकाले बाहिर लगेर उपचार गर्न दिएको सुझाव अनुसार बालकका अभिभावकले काठमाडौं लगेर बालकको उपचार गराउँदै आएका छन् ।
मुटु रोगले थलिएका बालक खत्रीलाई डा. केसीले तीन महिनाको औषधि समेत निःशुल्क उपलव्ध गराएका छन् । पन्तका अनुसार अमेरिकामा बस्ने जैशीले मध्यपश्चिम क्षेत्रीय अस्पताले संचालन गरेको पोषण पुनस्र्थापना गृह र वीङ्गस फाउण्डेसनले संचालन गरेको पक्षघात पुनस्र्थापना केन्द्रका लागि २५÷२५ हजारका दुई थान स्मार्ट टेलिभिजन पनि उपलव्ध गराएका छन् । अस्पताल विकास समितिका अध्यक्ष नारायण सापकोटा, पत्रकार तथा समासेवी प्रकाश पन्त र लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले पोषण पुर्नस्थापना गृहका प्रवन्धक प्रभा सिंहलाई हस्तान्तरण गरेका थिए । टिभी हस्तान्तरण गदै समितिका अध्यक्ष सापकोटा र क्लवका अध्यक्ष पौडेलले सहयोगी दाता जैसीलाई हृदयदेखि नै अभार प्रकट गदै आगामी दिनमा पनि सामाजिक काममा सक्दो सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भएको थियो ।
यस्तै लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेल र समाजसेवी तथा पत्रकार प्रकाश पन्तले मस्तिष्क पक्षघात भएका वालवालिकालाई पुर्नस्थापनाकको लागि सहयोग गदै आएको वीङ्गस फाउण्डेसनका संचालक डा. नवराज केसीलाई जैसीले उपलव्ध गराएको स्मार्ट टिभी हस्तान्तरण गरेका छन । उक्त कार्यक्रममा डा केसीले वीङ्गस फाउण्डेसनलाई सहयोग गर्ने मनीराम जैसी पहिलो व्यक्ति भएको उल्लेख गदै उहाँप्रति आभार प्रकट गर्नु भएको छ ।
यसअघि पनि जैसीले विभिन्न सामाजिक कार्यकालागि ५ लाख बढी सहयोग गरेको बताएका छन । उनले तन अमेरिका भएपनि मन नेपालमै भएकोले नेपाल र नेपालीको सुखदुखमा साथ दिन सहयोग गरेको बताए । आगामी दिनमा सामाजिक कामको लागि आफनो सहयोग जारी रहने पनि उनले उल्लेख गरेका छन ।
पत्रकार तथा समाजसेवी प्रकाश पन्तको पहलमा जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकाराज शर्माले आर्थिक संकलनको समन्वय गरेका थिए । शर्माको समन्वयपछि अमेरिकामा रहेका जैसीले १ लाख रुपैया सामाजिक कामको लागि एक लाख रुपैया पठाएका थिए । एक लाख रुपैयो मध्य ५० हजार नगद वालकालाई हस्तान्तरण गरिएको वाकी ५० हजार रुपैयाको २४ इन्चीको २ वटा स्मार्ट टिभी किनेर पोषण पुर्नस्थापना गृह र वीङ्गस फाउण्डेसनलाई हस्तान्तरण गरिएको पत्रकार पन्तले जानकारी दिए ।