समझदारी-पत्रमा हस्ताक्षर

सुर्खेत, २८ मंसिर ।
कर्णाली प्रदेशमा संचालन हुन लागेको कृषि क्षेत्रको सवैभन्दा ठुलो कार्यक्रम कार्यान्वयनको लागि कृषि मन्त्रालय र हेल्भेटासबीच संझौता भएको छ ।


कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको सहयोगमा संचालन हुन लागेको कृषि क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयका योजना एवं अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र हेल्भेटासको तर्फबाट नेपाल निर्देशक डा. भरत कुमार पोखरेलले समझदारी-पत्रमा हस्ताक्षरण गरेका छन ।
कृषि मन्त्रालयका सचिव डा.युवकध्वज जिसी र पशुपन्छी विकास विकास सचिव प्रकाश माथेमाको उपस्थीतिमा भएको हस्ताक्षर कार्यक्रममा कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक राजेन्द्रप्रसाद भारीले आयोजनाका साथै ंसमझदारी(पत्रमा समेटिएका विषय(वस्तुबारे जानकारी गराएका थिए ।
हेल्भेटास(नेपालले कृषि क्षेत्र विकास कार्यक्रमको मुख्य सम्भा “मूल्य श्रृखंला विकास अन्तरर्गतको चौथौ उपसम्भाग “वहुआयामिक कृषि सेवा विकासमा सहयोग” कार्यान्वयनका लागि सहकार्य गर्नेछ ।
स्वीस विकास नियोगको सहयोगमा अहिले कर्णाली प्रदेशका जाजरकोट, दैलेख र कालिकोटमा संचालित नेपाल कृषि सेवा विकास कार्यक्रमलाई कृषि क्षेत्र विकास कार्यक्रमसँग सहकार्य गरी विस्तार गरिने छ ।
आयोजना लागु हुने कर्णाली प्रदेशका दश जिल्लामा वहुआयामिक कृषि सेवा विकासका लागि स्वीस विकास नियोगले ३ मिलियन अमेरिकी डलर हेल्भेटास(नेपालमार्फत अनुदान सहयोग गर्ने बताएको छ ।
कृषि विकासका लागि अन्तराष्ट्रिय कोषका नेपाल प्रमुख Louise Macdonald  ले कृषि क्षेत्र विकास कार्यक्रम कार्यान्वयनको लागि सहकार्य गरेकोमा हेल्भेटासलाई धन्यवाद दिइन ।
हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव युवकध्वज जिसी र प्रकाश माथेमाले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

प्रकाशित मितिः २८ मंसिर २०७५, शुक्रबार १७:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *