कर्णालीको मातृभाषा पाको पुस्तामै सीमित

प्रकाश पन्त
बीरेन्द्रनगर, २० माघ ।
सुर्खेत बीरेन्द्रनगर –२ का विर्खलाल राजीको ७ जनाको परिवारमा उनी र उनकी श्रीमति मानकुमारीले मात्र माृतभाषा फानवोली बोल्छन् । छोराबुहारी र नातिनातिना राजीभाषा बोल्दैनन् र वुझ्दैनन् पनि । उनीहरु नेपाली भाषा नै बोल्छन् । राजी अगुवा बिर्खलाल राजी आफ्नो मातृभाषा पाको पुस्तामै सिमित हुन्छ कि भन्ने चिन्तामा छन् ।
राजी जातिको मातृभाषा फानवोली मात्र होइन् सुर्खेतका मगर समुदायको मातृभाषा पनि पाका पुस्तामै सिमित देखिन्छ । पाको पुस्ताले वोलेपनि युवापुस्ताले चासो नदिदा मातृभाषा लोप हुदै गएको बीरेन्द्रनगर–१२, नेवारेका धनबहादुर ढेंगामगर बताउँछन् । उच्चारणमा हुने समस्याले नयाँ पुस्ताले माृतभाषा सिक्न खासै चासो दिदैनन् उनले भने ।
युवा पुस्ताले चासो नदिदा र पाको पुस्तामै सिमित हुँदाँ कर्णाली प्रदेशमा वोलिने मातृभाषा संकटमा पदै गएको छ । भाषा आयोगका अनुसार कर्णाली प्रदेशमा राजी, मगर, खस, थारु, कुसुण्डालगायत ५५ भाषा बोलिन्छन् । बाह्य संस्कृति र आधुनिकताको बढ्दो प्रभाव तथा संरक्षणको अभावमा मातृभाषा प्रायः मृत अवस्थामा छन् । तर करिब १६ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा कतिपय मातृभाषाका बक्तासमेत पाउन मुस्किल छ ।
विद्यालयमा पढाइने शिक्षाको माध्यम, सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग तथा अन्तरजातिय विवाहजस्ता कारणले गर्दा मातृभाषालाई जोगाउन मुस्किल हुन थालेको बीरेन्द्रनगर १० की थारु समुदायकी अगुवा महिला सुनिता चौधरीले बताइन । नेपाली भाषाको बढ्दो प्रभावले हाम्रो भाषा दिनप्रतिदिन हाम्रो भाषा लोभहुदै गएको छ, उनले भनिन, मातृभाषा संरक्षण नगर्ने हो भने थारु जात मात्र रहने खतरा छ ।


आप्mनो उद्गमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेशमा थारैले मात्र खस भाषा बोल्छन् । जुम्लाको सि“जाबाट उत्पत्ति भएको खस भाषा नेपाली भाषाको जननी मानिन्छ । भाषा आयोगद्धारा प्रस्तुत एक प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो । यो प्रदेशमा ५५ भाषा बोलिन्छन् । त्योमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ ।
मातृभाषाको संरक्षण गर्न सरकारले मातृभाषामै शिक्षा प्राप्त गर्न सकिने व्यवस्था गरेपनि व्यवहारमा भने त्यो लागु हुन सकेको छैन । माृतभाषी पनि आफ्नो भाषा संरक्षणमा अग्रसर भएको पाइदैन् । यस्तो अवस्थामा लोपोन्मुख अवस्थामा रहेका मातृभाषा जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएका भाषा आयोगका अध्यक्ष डा.लवदेब अवस्थी बताउँछन् । मातृभाषा जोगाउने प्रारम्भिक दायित्व वोकेको स्थानीय सरकारले आवश्यक नीति बनाएर मातृभाषा जोगाउनु पर्छ उनले भने, स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारले पनि सघाउनु पर्छ ।
भाषा आयोगका अनुसार कर्णाली प्रदेशका १२ वटा भाषा एक÷एकजनाले मात्र बोल्छन् । राजी भाषा बोल्ने ९ सय ८०, राउटे (खाम्ची) भाषा बोल्ने ६६, खस भाषा बोल्ने १८ र काइके भाषा बोल्ने १७ जना छन् । कर्णाली प्रदेशमा मगर भाषा ३२ हजार २९, तामाङ भाषा ११ हजार तीन सय २३ र थारु भाषा ६ हजार ६ सय तीन र गुरुङ भाषा चार हजार एक सय एकजनाले बोल्ने गरेका छन् ।
भाषामा संस्कृति, परम्परा र इतिहास हुन्छ । मातृभाषालाई संरक्षण नगर्ने हो भने नेपाली समाजको संस्कृति, परम्परा र इतिहास पनि मेटिएर जाने भएकोले मातृभाषालाई जोगाउन सवै अग्रसर हुनुपर्ने उनीहरुले जोड दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मितिः २० माघ २०७५, आईतवार ०६:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *