कर्णालीका कारागारमा पुस्तकालय किन ?

सुर्खेत, २ बैसाख ।

नेपालमै पहिलो पटक कर्णालीका कैदीबन्दीले अध्ययन गर्नको कारागारमा पुस्तकालय खोलिएको छ । पुस्तकालयमा जीवन उपयोगी, प्रेरणादायी र साहित्यक सम्वन्धी कितावहरु राखिएको छ । यस्ता कितावको अध्ययनबाट  कैदीबन्दीको जीवनमा सकारात्मक परिवर्तन आउन अपेक्षा गरिएको छ ।

कारागारमा पुस्तकालयको सोच कसरी पलायो

जुम्ला कारागारमा रहेका एक जना कैदीबन्दीले किताव पढने रहर भएपनि आफुले किताव पढ्न नपाएको गुनासो गरेपछि कारागारमा पुस्तकालय स्थापना गर्ने सोचको विकास भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले बताए । कारागार भित्र समय विताउन सहज हुने र समाजमा फर्कोपछि कैदीबन्दीलाई सकारात्मका काममा लाग्न प्रेरित गर्ने उदेश्यले पुस्तकालय खोलिएको उनले उल्लेख गरे ।

कर्णाली प्रदेश प्रहरीको अगुवाईमा केही महिनाअघि कारागारलाई किताब अभियान थालिएको थियो । अभियान अन्तर्गत कारागारको लागि विभिन्न प्रकाशन गृह र व्यक्तिहरुले करिव २१ लाख मुल्य बराबरका ८ हजार ३ सय ८८ थान किताव दिएका थिए । यि किताव बाँडेर दशवटै जिल्लाका कारागारमा पुस्तकालय स्थापना गरिएको छ ।

कैदीबन्दी यसो भन्छन्

कैदी बन्दीहरु पुस्तकालय खुलेपछि अब किताव पढेर ज्ञान आर्जन गर्ने बताउँछन् । पहिला हामी क्यारम वोर्ड, चेस, लुडो खेलेर दिन बिताउथ्यौ, चार महिना अघि जेल परेका सुर्खेत कारागारका कैदी धर्मराज विश्वकर्माले भने, अब किताव पढेर समय विताउँछौ अनि ज्ञान गुणका कुराहरु सिकेर घर फर्किन्छौ । अर्का कैदीबन्दी हुम्लाका शेरबहादुर पालले सधैजसो तनावै तनावमा वित्ने गरेकामा अव पढेर बस्दा तनाव कम हुने बताए ।

यस्ता किताव छन् पुस्तकालयमा

कारागारका पुस्तकालयमा कथा, कविता, नाटक, बाल कथा, हास्यव्यङ्ग्य, दर्शन,उपन्यासन, इतिहास, भूगोल सम्वन्धी किताव राखिएको छ । यस्तै  निवन्ध, संस्मरण, धर्म, कानुन, प्रेरणादायी, महान् व्यक्तिका जीवनी, भाषा, खेलकुद, कृषि र पर्यावरण सम्वन्धी कितावहरु पनि कारागारको पुस्तकालयमा राखिएको छ । पुस्तकालयमा सवै किसिमका पुस्तकहरु भएकोले अब कैदीबन्दीहरुले आफ्नो रुची अनुसारको पुस्तक पढ्न सक्नेछन् । कारागारलाई सुधार गृह बनाउन पुस्तकालय स्थापना गरिएको डिआइजी शाहले बताए ।

हुम्ला र मुगुमा कारागार भवन निर्माण भैइरहेकोले अहिले ति जिल्लाका प्रहरी कार्यालयमा पुस्तकालय राखिएको छ । भने सुर्खेत, जाजरकोट, दैलेख, कालिकोट,जुम्ला, सल्यान, डोल्पा र रुकुमका कारागारभित्रै पुस्तकालय स्थापना गरिएको छ ।

कुन कारागारमा कति किताव ?

सुर्खेत कारागारको पुस्तकालयमा २ हजार २ सय ९०, दैलेखमा ८ सय ६५, रुकुममा ७ सय, जाजरकोटमा ७ सय ८४, सल्यानमा एक हजार पाँच सय किताव राखिएको छ । यस्तै डोल्पा कारागारमा ३ सय, मुगुमा २ सय ४२, कालिकोटमा ५ सय ६०, जुम्लामा ९ सय ४८ र हुम्लामा एक सय ९८ थान पुस्तक रहेका छन् ।

पुस्तकालय स्थापनासँगै कैदीलाई पुस्तक पढ्न अभिप्रेरित गर्नेका लागि हरेक कारागारमा बुक क्लव पनि गठन गरिएको छ । क्लवले कैदीलाई पुस्तक पढ्न प्रेरित गर्नुको साथै उनीहरुले सिकेका कुराहरु आदान प्रदान गर्न सहजिकरण गर्नेछ ।

लेखकसँग कैदी

पुस्तकालय स्थापनासँगै लेखन र पठ्न संस्कृतिको वारेमा बुझ्न र वुझाउनको लागि लेखक र कैदीवीच अन्तरसम्वाद पनि गरिएको छ । नेपालकै ख्यातिप्राप्त लेखकहरुले कैदीबन्दीलाई पुस्तक किन पढने, कसरी पढ्ने, पुस्तक पढ्दा हुने फाइदा लगायतका बारेमा जानकारी दिएका थिए ।  बरिष्ठ साहित्यकार सनत रेग्मीले पुस्तक पढेपछि मानिसको मन र मस्तिष्कमा सकारात्मक परिवर्तन आउने बताए । कैदीबन्दीलाई किताव पढ्न सुझाव दिदै उनले भने, समाजमा गएर सकारात्मक काम गर्न सघाउने भएकोले तपाईहरुले पुस्तक पढ्ने बानी बसाल्नु पर्छ ।

सुर्खेतमा रेग्मीसहित कथाकार नैनराज पाण्डे र कवि नवराज पराजुलीले सुर्खेतका कैदीबन्दीसँग सम्वाद र पुस्तकालय स्थापना गरेका छन् । यस्तै दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी, रुकुम पश्चिममा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार सिवानीसिं थारु र डोल्पामा उपन्यासकार अमर न्यौपाने कैदीसँग संवाद गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका कारागारबाट समाज रूपान्तरणको अभियान सुरु भएको बताए । उनले कैदीहरुलाई कारागारबाट गुरु बनेर घरफर्किन पनि सुझाव दिए ।  पुस्तकबाट सोच र सोचबाट मात्र जीवन बदल्न सकिने भएकोले देशभरीकै कारागारमा पुस्तकालय स्थापना गर्नु पर्ने लेखकहरुले सुझाव दिएका छन् ।

प्रकाशित मितिः २ बैशाख २०७६, सोमबार ०६:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *