अघोषित लोडसेडिङले हैरान

सुर्खेत, १६ कार्तिक ।
नेपाल विद्युत प्राधिरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेपनि आफुहरु अघोषित लोडसेडिङले गर्दा हैरान भएको कर्णालीबासीले गुनासो गरेका छन् ।
विद्युतको केन्द्रीय प्रसारण लाईन पुगेका कर्णाली प्रदेशका जाजरकोट, सुर्खेत, दैलेख र सल्यानबासी छिनछिनमा जाने विद्युतले व्यापार व्यवसाय र उद्योगधन्दामा असर परेको अगरवत्तिको उद्योग संचालन गरेकी दैलेखकी टिकादेवी जैसी गुनासो गर्छिन ।
अघोषित लोड सेडिङ्गको सवैभन्दा चर्को मार आफुहरुले खेप्दै आएको विद्यार्थी सुमित्रा शाही बताउँछिन् ।
बिजुलीको नियमित आपुर्ति नहुदा जेनेरेटर चलाए सेवा दिन वाध्य भएको होटल सुर्खेतका व्यवसायी तर्कबहादुर शाहीले बताए ।
जाजरकोटकी धनसर सिंह सामान्य हावाहुरी चल्न वित्तिकै झ्याप झ्याप गईरहने र प्रायजसो लो भोल्जेट आउँने विद्युतको समस्या समाधान गर्न सरकार गम्भिर हुनु पर्ने बताउँछिन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिरिडले सुर्खेत, दैलेख लगायतका जिल्लाका लागि १३२ केभिए विद्युतको प्रशारण लाईनको काम सुरु भैइसकेकोले चाडै समस्या समाधान हुने बताए ।
उनले भने टवर पोल नहुँदा कोहलपुरवाट बर्दिया राष्ट्रिय निकुन्ज हुदै यि जिल्लाहरुमा ल्याइएको सामान्य हावाहुरी चल्दा विद्युत अवरुद्ध हुने गर्छ ।
त्यसैले टावर पोल निर्माण गरी १३२ केभीए लाइन ल्याए मात्र आफुहरु अघोषित लोडसेडिङको समस्याबाट मुक्त हुने कर्णालीबासी बताउँछन् ।

प्रकाशित मितिः १६ कार्तिक २०७६, शनिबार ०८:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *