अर्गानिक खेतीबाटै प्रदेश समृद्ध हुन्छ -मंत्री केसी

सुर्खेत, १३ मंसिर ।
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अर्गानिक खेतिबाट मात्र कर्णाली प्रदेशलाई समृद्धि बनाउन सकिने बताएकी छन् ।
कृषि विकास निर्देशनालयले सिम्ता गाउँपालिकामा गरेको अर्गानिक नमुना गाउँ कार्यक्रमको निरन्तरता तथा विस्तार सम्वन्धी कार्यक्रममा उनले अर्गानिक उत्पादनलाई बढ्वा दिन किसानलाई आग्रह गरेकी छन् ।
कर्णालीलाई अर्गानिक प्रदेश बनाउने आधारहरु तयार पारिएको उल्लेख गदै उनले अर्गानिक खेती गर्ने किसानलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।


प्रदेशका १० वटा स्थानीय तहलाई अर्गानिक बनाउनको लागि प्रदेश सरकारले काम अघि बढाएको उनले बताइन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले अर्गानिक बस्तु उत्पादन गर्न सके त्यसबाट किसानलाई धेरै फाइदा पुग्ने बताए ।
उनले अर्गानिक प्रदेश वनाउने अभियानको सुरुवात सिम्ता गाउँपालिकाबाट सुरु भएको उद्घोष गदै उनले हाम्रो ठाउँमा भएको ज्ञान, सीप र प्रविधीको प्रयोग गरी स्थानीय उत्पादनलाई बढ्वा दिनु पर्नेमा जोड दिए ।
कृषि विकास निर्देशक चित्रबहादुर रोकायले किसानका सुझाव संकलन गरेर अर्गानिक उत्पादन समवन्धी नयाँ योजना बनाउने बताए ।
उनले अर्गानिक खेतीबाट किसानको जीवनस्तरमा ठुलो सुधार आउने भएकोले अर्गानिक खेतीलाई व्यवसायिकरण गर्न सुझाव दिए ।
यस्तै सिम्ता गाउँपालिकका अध्यक्ष कविन्द्रकुमार केसीले सिम्ता गाउँपालिकालाई अर्गानिक खेतीमा निर्भर गाउँपालिकाका बनाएर छाड्न प्रतिवद्धता व्यक्त गरे ।
छलफल कार्यक्रममा सहभागी किसानहरुले अर्गानिक खेती सम्वन्धी आवश्यक ज्ञान, सीप र प्रविधीमा सहयोग गर्न सरकारलाई आग्रह गरे ।
उनीहरुले अर्गानिक खेतीमा जाने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रकाशित मितिः १३ मंसिर २०७६, शुक्रबार ०५:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *